हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

हेटौँडा । हेटौंडा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना क्षेत्रको रूपमा घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बुधबार उपमहानगरलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना क्षेत्रको रूपमा घोषणा गरेका हुन्।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर नरेन्द्र कुमार झा, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रमुख डाक्टर कृष्ण मिजार, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने तथा सबै १९ वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

पूर्ण खोप सुनिश्चितता घोषणासँगै हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्यका दृष्टिले थप सक्षम र सुरक्षित सहरका रूपमा स्थापित भएको छ। स्वास्थ्य सेवा क्षेत्रमा यो कदम दिगो विकास र स्थानीय जनताको जीवनस्तर उकास्नतर्फ एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.