२०८१ कार्तिक १, बिहीबार २०:१४
२०८१ कार्तिक १, बिहीबार २०:१४
मकवानपुर । हेटौँडा अस्पतालले स्वास्थ्य बिमा भएका बिरामीहरुलाई पनि अनलाईनबाटै ओपिडी टिकट काट्ने मिल्ने सुविधा उपलब्ध गराएको छ । बितेको २ वर्षदेखि नै स्वास्थ्य बिमा बाहेकका बिरामीलाई मोबाईल एपबाट अनलाईन ओपिडी टिकट दिन सुरु गरेको अस्पतालले यही कात्तिक १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बिमा भएका बिरामीलाई पनि उक्त सुविधा दिन थालेको हो । स्वास्थ्य बिमा भएका र नभएका दुबै बिरामीलाई दिनमा ५० वटा टोकन अनलाईनमार्फत प्रदान गरिएको छ । यो तुलनात्मक रुपमा कम भएता पनि पछि यसको संख्या बढाउन सकिने सम्भावना छ । बिरामीले ‘हेटौँडा हस्पिटल’ नामक मोबाईल एपमार्फत कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सक्नेछन्। पुराना…