नेपाल टेलिकम हेटौँडाद्वारा मामाघर नेपाललाई १ लाखको सहयोग

हेटौँडा । सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय संस्था ‘मामाघर नेपाल’ मकवानपुरलाई नेपाल टेलिकम, उपक्षेत्रीय कार्यालय हेटौँडाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ लाख बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग स्वरूप प्रदान गरेको छ ।

असार २३ गते आयोजित एक कार्यक्रमका बीच नेपाल टेलिकम, उपक्षेत्रीय कार्यालय हेटौँडाका निर्देशक दीपक कुमारको नेतृत्वमा कर्मचारीहरूको टोलीले मामाघर नेपालमै पुगी उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा निर्देशक दीपक कुमार, दिलीप कुमार वर्मा, रमेश प्रसाद खतिवडा, रोशन शर्मा, बाशु प्रसाद ढुँगेल, श्रीराम खतिवडा, दिनेश अर्याल, कुमार अर्याल, सानू बाबु खनाल र विक्रम मुखियालगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्देशक दीपक कुमारले मामाघर नेपालले गरिरहेको मानव कल्याणकारी कार्यको प्रशंसा गर्दै भविष्यमा पनि व्यक्तिगत तथा संस्थागत तवरबाट सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.