हेटौँडा–११ को सडकमा खाल्डाखुल्डी पुर्ने र ग्रेडिङ गर्ने कार्य सुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ को वडा कार्यालयको आग्रह र सडक डिभिजन कार्यालय हेटौँडा, मकवानपुरको समन्वयमा सडक मर्मतसम्भारको कार्य सुरु गरिएको छ।

राप्ती पुलदेखि सरस्वती खोल्सीसम्मको सीमा क्षेत्रभित्र पर्ने सडकका दायाँबायाँ किनारमा रहेका खाल्डाखुल्डी पुर्ने तथा ग्रेडिङ गर्ने कार्य अगाडि बढाइएको हो।थानाभर्‍याङ क्षेत्रमा लामो समयदेखि रहँदै आएको डुबानको समस्या र सडकको दुरावस्था समाधानका लागि यो कार्यले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

यस समस्याको दीर्घकालीन समाधान खोज्नु र सडकलाई सुरक्षित बनाउनु सबै सरोकारवालाहरूको साझा चासोको विषय रहेको छ। उक्त सडक मर्मत कार्यमा तदारुकताका साथ खटिएकोमा सडक डिभिजन कार्यालय, मकवानपुरप्रति वडा कार्यालयले आभार प्रकट गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.