हेटौँडा । अविरल वर्षाका कारण उत्पन्न हुनसक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनहरूलाई आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म रोक्ने निर्णय गरेको छ।
हेटौँडा, भैँसे, भीमफेदी र देउराली हुँदै काठमाडौँ जाने सवारी साधनहरूलाई सुरक्षाका कारण चौकीटोलमै रोकिने व्यवस्था मिलाइएको छ। यसैगरी, कान्ति लोकपथ हुँदै सञ्चालन हुने सवारी साधनहरू पनि बन्द गरिएको छ।
बाटो बन्द भएपछि हेटौँडामा नै बास बस्नुपर्ने यात्रुहरूको सुविधाका लागि हेटौँडा बजार क्षेत्रका होटल व्यवसायीहरूलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरिएको छ। यसले हेटौँडाको मान, प्रतिष्ठा र ख्याति बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यात्रुहरूलाई सुरक्षित स्थानमा बसेर सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्





























