खेलकुद

राइड हेटौंडा टु सौराहा–२०८२ हुँदै

राइड हेटौंडा टु सौराहा–२०८२ हुँदै

मकवानपुर । आगामी वैशाख १२ र १३ गते ‘राइड हेटौंडा टु सौराहा– २०८२’ को आयोजना हुने भएको छ । स्वास्थ्य , वातावरण तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उदेश्यले साईकल सिटी हेटौंडाको मुख्य आयोजनामा कार्यक्रम हुने भएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । बागमती प्रदेशको सस्कृति तथा पर्यटन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत आयोजनामा हुने कार्यक्रममा ४३ जिल्लाबाट पाँच सय जना राईडरहरुले सहभागिता जनाउने अनुमान रहेको साईकल सिटी हेटौंडाका अध्यक्ष लेखनाथ ढकालले बताउनुभयो । जुनसुकै उमेर भएका इच्छुक राइड प्रेमीले कार्यक्रममा सहभागि हुन नाम दर्ता गर्नसक्ने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिकादेखि चितवन जिल्लासम्मको ७५ किलोमिटरको…
Read More
दोस्रो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हेटौंडा-११ मा सुरु

दोस्रो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हेटौंडा-११ मा सुरु

मकवानपुर । मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा दोस्रो जिल्ला स्तरीय खुला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हेटौंडामा सुरु भएको छ। थानाभऱ्याङ्ग बहुउद्देश्यीय ब्याडमिन्टन कभर्ड हल, हेटौंडा-११ मा आयोजना भएको प्रतियोगिता चैत्र ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र हेटौंडा-११ का वडा अध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ, डाङ्गडुगे सामुदायिक बनका अध्यक्ष सालिकराम पुडासैनी, सहायक हवल्दार निमा भण्डारी लगायतको उपस्थिति रहेको थियो। मकवानपुर जिल्ला ब्याडमिन्टन संघले हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताका मुख्य प्रायोजक…
Read More
दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सले जित्यो

दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सले जित्यो

मकवानपुर । हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गते देखी सुरु भएको दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ । हेटौडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशि हात पार्न सफल भएको प्रतियोगीता संयोजक मणिराज गौतमले बताउनु भयो । खेलको १४ औ मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औ मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगातमान लामाले गोल गर्दै बराबरीमा बनाएका थिए । निर्धारित समयमा…
Read More
स्नूकर प्रतियोगितामा उपाधि जितेका सोम लामालाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

स्नूकर प्रतियोगितामा उपाधि जितेका सोम लामालाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

मकवानपुर । बुटवलमा सम्पन्न अल नेपाल बुटवल मेयरकप खुला स्नूकर प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागी भएका सोम लामा उपाधि विजेता बनेका छन्। उपाधि जितेर हेटौंडा फर्किएका लामालाई हेटौंडा उपमहानगरपालिकाले बधाई तथा सम्मान गरेको छ। नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँ सहितका प्रतिनिधिहरूले लामासहित प्रतियोगितामा सहभागी भएका हेटौंडाका खेलाडीहरूलाई शुभकामना तथा सम्मान व्यक्त गरेका छन्। उक्त प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो, जसमा लामाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्। खेलकुदको विकासका लागि हेटौंडा उपमहानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख लामाले स्थानीय खेलाडीहरूलाई अझै अघि बढ्न प्रेरित गर्ने बताएकी छिन् ।
Read More
हेटौडा भेट्रान्स कप : किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

हेटौडा भेट्रान्स कप : किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

मकवानपुर । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेका छन् । आइतबार हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई एक शून्य गोल अन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने किङकम भेट्रान्सले आयोजक हेटौडा भेट्रान्स क्लबलाई तिन गोलको विरुद्ध पाँच गोल गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा फ्रिडम भेट्रान्सको तर्फबाट खेलको छैटौँ मिनेटमा कृष्ण मालाकारले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलमा म्यान अफ द म्याच गोलकर्ता मालाकार घोषित भएका थिए ।…
Read More
हेटौँडा भेट्रान्स कप : बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश

हेटौँडा भेट्रान्स कप : बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश

मकवानपुर । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भकाएछन् । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बानेस्वर भेट्रान्सले एबिसि भेट्रान्स पोखरालाई ट्राईब्रेकरमा पराजित गर्न सफल हुँदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रकरमा तिन दुई गोल अन्तरमा बानेस्वर भेट्रान्स विजयी भएको हो । खेलको म्यान अफ द म्याच…
Read More
हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

मकवानपुर । बिहीबारबाट दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको उद्घाटन गर्नुहुँदै हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले  स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ आयोजना भएको भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरूको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बताउनुभयो । युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले प्रोत्साहन थप्ने भन्दै उहाँले बिहान र बेलुकाको समय खेलमा बिताउन सके स्वास्थ्य बन्न सकिने बताउनु भयो ।भेट्रान्स खेलले फुटबल खेलको विकासमा ठुलो योगदान पु¥याउदै आएको बत्ताउनुहुँदै उहाँले खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै पुरानो सम्बन्धलाई नवीकरण गर्दै मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौडा भेट्रान्सलाई…
Read More
हेटौँडा १४ मा बक्सिङ क्लब भवनको शिलन्यास

हेटौँडा १४ मा बक्सिङ क्लब भवनको शिलन्यास

मकवानपुर । मकवानपुरको हेटौडा वडा नं -१४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरिएको छ। बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका विच बक्सिङ भवनको शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताएका छन । मन्त्री महर्जनले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताएका छन । विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरेका छन । उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत…
Read More
हेटौंडा-१५ द्वारा उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मान

हेटौंडा-१५ द्वारा उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित यु–१६ फुटबल प्रतियोगितामा वडा नं. १५ का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। विजयी खेलाडीहरू, प्रशिक्षक तथा अभिभावकलाई वडा नं. १५ ले विशेष सम्मान गरेको छ। सम्मान कार्यक्रम वडा नं. १५ का वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। मुक्तानले खेलकुदलाई प्रवर्द्धन गर्दै वडालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रंगशाला निर्माण कार्यलाई तीव्रता दिइरहेको र यसलाई सफल बनाउन प्रतिबद्ध रहेको बताए। कार्यक्रममा वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगी, पातली माया गोम्जा, वडा सदस्य मिनु विश्वकर्मा, वडा सदस्य सिमा बहादुर, वडा सचिव कृष्ण बहादुर क्षेत्री, खेलकुद विकास समिति सदस्य सन्तोष…
Read More
अनुपम घलान स्मृति यू-१६ फुटबलकाे उपाधि हेटाैंडा-१५ ले जित्यो

अनुपम घलान स्मृति यू-१६ फुटबलकाे उपाधि हेटाैंडा-१५ ले जित्यो

मकवानपुर । हेटाैंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयाेजनामा भएकाे स्वर्गिय-अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियाेगिताकाे उपाधि हेटाैंडा-१५ ले जितेकाे छ । १० टाेलीकाे सहभागिता रहेकाे प्रतियाेगितामा हेटाैंडा १५ ले १८ लाई ट्राईबेकरमा ६-५ गाेल अन्तरले पराजित गरेकाे हाे । बिजेताले १ लाख र उपबिजेताले ७० हजार रुिपयाँ नगद सिहत शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ । समितिका अध्यक्ष रबिन्द्र घिमिरेकाे अध्यक्षता र उपमहानगरका कार्यबाहक नगर प्रमुख राजेश बानियाँकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.