२०८३ श्रावण ६, बुधबार ११:५९ गते
२०८३ श्रावण ६, बुधबार ११:५९ गते
हेटौंडा । बङ्गलादेशको राजधानी ढाकामा आयोजित १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप अन्तर्गत यू–१६, ५३ केजी तौल समूहमा मकवानपुरको बकैया गाउँपालिका–३, हात्तिसुँडेकी खेलाडी सुजता भुलुन ले स्वर्ण पदक जितेकी छन्। बाबु हिरा लाल भुलुन र आमा कान्छी माया न्यासुरकी छोरी भुलुनले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। उनको यो सफलतासँगै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। सुजता हात्तिसुँडे कराते डोजोकी खेलाडी हुन्। उनलाई प्रशिक्षक भिमबहादुर घलान ले प्रशिक्षण दिएका हुन्। उनको सफलतामा प्रशिक्षक घलानको महत्वपूर्ण भूमिका रहेको बकैया कराते महासंघले जनाएको छ। बकैया कराते महासंघले स्वर्ण पदक विजेता सुजतालाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा…