हेटौँडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियन हेटौँडाको आयोजनामा जिल्ला स्तरीय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाभरका ७ वटा डोजोबाट ९० भन्दा बढी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
क्योकुशिन कराते संघका जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा सञ्चालित प्रतियोगिताको उद्घाटन सत्रमा हेटौँडा–१८ का वडाध्यक्ष अनिल बानियाँ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ प्रमुख अतिथि हुनुहुन्थ्यो।

अग्रज प्रशिक्षक किशोर श्रेष्ठका अनुसार प्रतियोगितामा ३० केजीदेखि ५० केजी तौल समूहसम्मका महिला तथा पुरुष खेलाडीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा क्योकुशिन कराते संघका विष्णु श्रेष्ठलगायतका प्रशिक्षक तथा गुरुहरूको उपस्थिति रहेको थियो।






























