मकवानपुर विशेष

कैलाश गाउँपालिकाका कृषक समूहललाई हाते ट्याक्टर वितरण

कैलाश गाउँपालिकाका कृषक समूहललाई हाते ट्याक्टर वितरण

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहललाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले तय गरेको मकैवाली प्रवद्र्धन कार्यक्रम अन्तरगत चार थान हाते ट्याक्टर र तीस किलो मकैको विउ वितरण गरेको हो । विहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्लले संयुक्त रुपमा किसानलाई ट्याक्टर प्रदान गरेका हुन् । कैलाश ३ को अम्बाटार कृषक समूहले चार थान ट्याक्टर, ३० किलो मकैको वीउ र दुई थान विद्युतीय घट्ट मिल प्राप्त गरेको समूहका अध्यक्ष विश्व विक्रम मल्लले बताए । चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले २ लाख बजेट विनियोजन गरेको र २ लाख रकम कृषकको परेको कृषि शाखाले जनाएको छ…
Read More
बकैया गाउँपालिकामा ५९ भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

बकैया गाउँपालिकामा ५९ भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

हेटौंडा । भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिका गाउँकार्यपालिकाको संयुक्त आयोजनामा बकैया गाउँपालिकाका भूमिहीन तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। बकैया गाउँपालिकाको वडा नं. ४ र वडा नं. ७ का गरी कुल ५९ जनालाई लालपुर्जा वितरण गरिएको हो। वडा नं. ४ को गाउँब्लकबाट १९ जनालाई र वडा नं. ७ का भूमिहीन, सुकुम्बासी तथा दलित समुदायका ४० जनालाई लालपुर्जा प्रदान गरिएको कार्यक्रमका आयोजकहरूले जनाएका छन्। विशेष समारोह गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा प्रतिनिधिसभा…
Read More
सिमलटारको १३ वार्षिक साधारण सभा सम्पन्न

सिमलटारको १३ वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमल्टार टोल विकास संस्थाको १३ औं वार्षिक साधारण सभा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष सुर्यमान लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख लामाले आफू जन्मेको वडा ११ नम्बर भएकोले आफ्नो यस वडास‌ग भावनात्मक र पारिवारिक सम्बन्ध गाँसिएकोले यस वडाको विकासको लागि आफुले सक्दो बजेट छुट्याएको र आगामी दिनहरुमा पनि सकेको साथ रहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य सन्जय बिडारी, विकास नेपाल, गिता सुनार, गोपिनी सापकोटा, टोल विकास संस्था…
Read More
हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट, काम छिट्टै सुरु हुने

हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट, काम छिट्टै सुरु हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका देशभरका २९३ नगरपालिकामध्ये महिला मैत्री शहर निर्माणका लागि छनोट भएको छ। यसै सन्दर्भमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले आफ्नो धारणा राख्दै महिला मैत्री शहर निर्माणका लागि ठोस कार्ययोजना अघि बढ्ने बताइन्। कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विभिन्न वडाका अध्यक्षहरू, उपमहानगरका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, युएनवपिएसका विज्ञ डा. चुडामणी जोशी लगायतको उपस्थिति थियो। औपचारिक कार्यक्रमसँगै महिला मैत्री शहर निर्माणको कामले गति लिने बताइएको छ। यस योजनाले महिलामैत्री पूर्वाधार, सुरक्षित सार्वजनिक स्थल, तथा लैंगिक समानताको प्रवर्द्धनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
Read More
पत्रकार हत्याको दोषीमाथि कारबाहीको माग गर्दै मकवानपुरमा ज्ञापनपत्र

पत्रकार हत्याको दोषीमाथि कारबाहीको माग गर्दै मकवानपुरमा ज्ञापनपत्र

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाले पत्रकार हत्यामा संलग्न दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्। महासंघले हिंसात्मक घटनाका दोषीहरूलाई कानुनी कठघरामा ल्याउन, सञ्चारगृह तथा सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते पत्रकारहरूको उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। त्यसैगरी, मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन्। ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री तामाङले पत्रकार तथा सञ्चारमाध्यममाथिको आक्रमण निन्दनीय रहेको बताउँदै दोषीलाई कानुनी दायरामा…
Read More
पत्रकार हत्याको विरोध गर्दै हेटौँडामा पत्रकारको विरोध सभा

पत्रकार हत्याको विरोध गर्दै हेटौँडामा पत्रकारको विरोध सभा

मकवानपुर । राजावादी समूहको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ मकवानपुरले हेटौंडाको सिमाचोकमा विरोध सभा आयोजना गरेको छ। हिजो तीनकुनेमा भएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो, र केही सञ्चारगृहमा तोडफोडसमेत गरिएको थियो। आज पत्रकार महासङ्घको स्थापना दिवस पनि हो, तर महासङ्घले केन्द्रीय निर्देशन अनुसार पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो। हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरूको विरोध प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो। विरोध सभामा पत्रकारमाथिको हिंसात्मक आक्रमणको घोर भत्र्सना, पेशागत सुरक्षाको ग्यारेन्टी, सुरेश रजकको हत्यारालाई कारबाही…
Read More
हेटौंडा ९ मा १ महिने वारिष्टा तालिम सुरु

हेटौंडा ९ मा १ महिने वारिष्टा तालिम सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.९ को आर्थिक सहयोग र मेघा इन्च्टिट्युट अफ होटल म्यानेजमेन्टको समन्वयमा आजदेखी १ महिने तालिम सुरु भएको छ । मेघा इन्च्टिट्युट अफ होटल म्यानेजमेन्ट का प्रतिनिधि मनि कुमार श्रेष्ठ को सभाध्यक्षता तथा ९ नम्बर वडा अध्यक्ष सुकराम केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । युवा हरुको बढ्दो वैदेशिक रोजगारी प्रतिको आकर्षण र युवाहरुलाई स्वदेश मा समेत रोजगारिको शृजना गर्ने उदेश्यले तालिम आयोजना गर्न लागिएको वडा अध्यक्ष सुकराम केसिले जानकारी दिनुभयो । तालिममा ९ नम्बर वडाका ४० जना प्रशिक्षार्थिहरु सहभागी रहेका छन ।
Read More
हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउन थालेको अभियान अन्तर्गत नेपाल ट्रस्टको पर्खालमा भित्तेचित्र कोर्ने कार्य अघि बढाइएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१० को सडक छेउमा रहेका उक्त पर्खालमा उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई चित्रकलामार्फत प्रस्तुत गरिंदैछ। नगर प्रमुख मीनाकुमारी लामाले चित्रकलाको अवलोकन गर्दै थप सुधारका लागि सुझावसमेत दिएकी छिन्। पहिलो चरणमा १७ सय स्क्वार फिट क्षेत्रमा १५ वटा चित्र बनाइने योजना छ। नगरको खरिद समितिमार्फत विभिन्न वडाका पर्यटकीय स्थलहरूलाई चित्रमा उतार्ने जिम्मा कलाकारहरूलाई दिइएको छ। यस भित्तेचित्र निर्माणका लागि उपमहानगरपालिकाले ४ लाख ६८ हजार ३५३ रुपैयाँको ठेक्का लगाएर काम अगाडि बढाएको छ। यस अभियानले हेटौंडाको सौन्दर्य अभिवृद्धि गर्दै आन्तरिक तथा…
Read More
पालुङ क्याम्पस स्ववियु चुनावका लागि ने.वि. संघ र अनेरास्ववियुको संयुक्त प्यानल घोषणा

पालुङ क्याम्पस स्ववियु चुनावका लागि ने.वि. संघ र अनेरास्ववियुको संयुक्त प्यानल घोषणा

मकवानपुर । आउँदै गरेको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पालुङ क्याम्पसमा नेपाली विद्यार्थी संघ (ने.वि. संघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त प्यानल घोषणा गरेका छन्। उक्त प्यानलमा सभापति पदका लागि ने.वि. संघकी रोशनी गोपाली उम्मेदवार बनेकी छिन्। सचिव पदमा अनेरास्ववियुका आर्यम नापित, कोषाध्यक्ष पदमा ने.वि. संघकी नविना अधिकारी, सदस्यहरूमा अनेरास्ववियुकी नविका धमाल, अर्पणा रायमाझी तथा ने.वि. संघकी प्रकृति थापा उम्मेदवार रहेका छन्। समानुपातिक तर्फ अनेरास्ववियुबाट विराट श्रेष्ठ, निष्कला बिष्ट, सोनिका ढकाल र सबिना श्रेष्ठ तथा ने.वि. संघबाट रक्षा गोपाली उम्मेदवार रहेका छन्।
Read More
सुशासनका लागि प्रहरी, प्रशासन र पत्रकारको साझा जिम्मेवारी : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

सुशासनका लागि प्रहरी, प्रशासन र पत्रकारको साझा जिम्मेवारी : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

मकवानपुर । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सुशासन कायम राख्न प्रहरी, प्रशासन र पत्रकार सबैको समान जिम्मेवारी रहेको बताएकी छन्। आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूसँगको भेटघाटमा उनले सभ्य समाज निर्माण केवल प्रशासन र सुरक्षाकर्मीको काम मात्र नभएर सबै पक्षको सहकार्य आवश्यक पर्ने उल्लेख गरिन्। समाजलाई सुरक्षित र सकारात्मक परिवर्तन गर्न समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ। प्रजिअ श्रेष्ठले सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा शान्ति सुरक्षालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन्। साथै, समाजमा हुने आपराधिक क्रियाकलापप्रति प्रशासनले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पारिन्। पत्रकारिताको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै उनले सत्यतथ्यमा आधारित रहेर मात्र समाचार सम्प्रेषण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.