२०८३ श्रावण ३, आईतवार ११:५६ गते
२०८३ श्रावण ३, आईतवार ११:५६ गते
हेटौँडा । यातायात व्यवस्था कार्यालय, हेटौँडाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै हाललाई सेवा बन्द भएको जानकारी दिएको हो। लाइसेन्सको मेडिकल सेवा प्रदान गर्दै आएको 'सुनिल पोलिक्लिनिक'लाई जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले बन्द गराएपछि कार्यालयको सेवा प्रभावित हुन पुगेको छ। मेडिकल परीक्षण सेवा अवरुद्ध भएसँगै नयाँ लाइसेन्स दर्ता (बायोमेट्रिक), लिखित तथा प्रयोगात्मक परीक्षा, अनुमति पत्र वितरण, वर्ग थप र नवीकरणलगायतका सम्पूर्ण प्रक्रियाहरू तत्कालका लागि रोकिएका कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले जानकारी दिनुभयो। संघीय संसद्मै बागमती प्रदेशका मुख्यमन्त्री र यातायात…