मनोरञ्जन

बुद्ध मोक्तानको ‘सुस्तरी माया गाढा भो’ सार्वजनिक

बुद्ध मोक्तानको ‘सुस्तरी माया गाढा भो’ सार्वजनिक

मकवानपुर । गायक तथा संगीतकार बुद्ध मोक्तानको नयाँ गीत ‘सुस्तरी माया गाढा’ सार्वजनिक भएको छ । गायक मोक्तानकै शब्द तथा संगीतमा तयार भएको गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गायक बुद्ध मोक्तान र गायिका कोपिला वाईबा तामाङको आवाज रहेको छ । शंकरा डिजिटलमा रेकर्ड गरिएको गीतको एरेञ्ज विष्णु तामाङले गरेका हुन् । सागर पुनद्वारा रेकर्ड गरिएको गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका छन् । गीतको म्युजिक भिडियोमा नवविवाहित जोडीको बिछोडको कथा समावेश गरिएको छ । एकअर्कालाई अत्यन्तै माया गर्ने मायालु जोडीलाई वैदेशिक रोजगारीले वियोगमा पारेपछिको मन छुने शबद र दृश्यहरु म्युजिक भिडियोमा समावेश गरिएको छ ।…
Read More
लोक दोहोरी गीत प्रतिष्ठान मकवानपुरमा नयाँ नेतृत्व

लोक दोहोरी गीत प्रतिष्ठान मकवानपुरमा नयाँ नेतृत्व

हेटौंडा । नेपाली लोकसंस्कृतिको जीवन्त पहिचान बोकेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति मकवानपुरको २२औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन उत्साहपूर्वक सम्पन्न भएको छ। हेटौंडामा सम्पन्न अधिवेशनले चन्द्र बजगाईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको हो। निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष चन्द्र बजगाई, प्रथम उपाध्यक्ष निरु खड्का, द्वितीय उपाध्यक्ष बेलबहादुर लो, महिला उपाध्यक्ष निशा लामा, सचिव राजेश मग्राती, सहसचिव कुमार महत, कोषाध्यक्ष उमेश न्यौपाने र सह–कोषाध्यक्ष प्रमिला आले मगर र प्रवक्ता शरु कार्की रहेका छन्। त्यसैगरी रमा गुरुङ, श्रीराम थापा मगर, जनक बहादुर राइ, तिलक बगाले, नरेन्द्र मोक्तान,मान बहादुर लो,अमृत बर्तौला,दुर्गा बहादुर स्याङ्तान,राम माया नेपाली,प्रतीक्षा लामिछाने,प्रतीक्ष ढकाल,उमा घिमिरे,बिना…
Read More
गायक जनक लामाको नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक

मकवानपुर । मकवानपुरको बकैया–७ निवासी गायक जनक लामाले नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक गरेका छन् । जनक लामा र सुमिना लोको सुमधुर स्वरमा रहेको उक्त गीतमा शब्द अजय ब्लोनले लेखेका हुन् भने संगीत चेतन लामाले भरेका छन् । गीतको एरेन्ज, मिक्स र मास्टरिङ अर्पण थिङ तामाङले गरेका हुन् । अडियो रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो । “काभ्रेली हिरो” गीतले हास्य–व्यङ्ग्यात्मक ढङ्गमा रमाइला सामाजिक पाटाहरू र जीवनका भावनात्मक यथार्थतालाई उजागर गरेको छ । आकर्षक संगीत, लयात्मक शैली र मौलिक तामाङ भाषाको प्रयोगले गीतलाई थप मनमोहक बनाएको छ । गीतलाई गायक जनक लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि…
Read More
डान्स मेरो मनको मेगा अडिसन शुरु

डान्स मेरो मनको मेगा अडिसन शुरु

हेटौंडा / ड्रीम्स म्युजिक ईन्स्टिच्युट द्वारा संचालित डान्स मेरो मनको जुनियर सिजन १ को मेगा अडिसन शुरु भएको छ । हेटौंडाका करिब १५ वटा विद्यालयका ५२० जना विद्यार्थी छनौटमा परेका थिए भने मेगा अडिसनमा १७५ जना सहभागी हुदैछन् , ईन्स्टिच्युटका संचालक अनन्त खुलालले जानकारी दिए । खुलालका अनुसार हेटौंडा १० स्थित ड्रीम्स म्युजिक ईन्स्टिच्युट को हलमा भैरहेको अडिसनबाट १२० जना पास हुनेछन् । यसरी छनौट हुँदै फानल सम्म पुग्नेछन । प्रथम , द्वितीय , त्रीतिय हुने प्रतियोगिहरुलाइ ट्रफी , प्रमाणपत्र , ५० हजार , ३० हजार , २० हजार रुपैयाँ क्रमश प्रथम , द्वितीय , त्रीतिय पुरस्कार प्रदान गरिनेछ ।…
Read More
बलराम र बिनाको ‘बर–पिपलु’ सार्वजनिक, प्रेम वियोगको भावना समावेश

बलराम र बिनाको ‘बर–पिपलु’ सार्वजनिक, प्रेम वियोगको भावना समावेश

हेटौंडा । गायक तथा पत्रकार बलराम पुडासैनी र गायिका बिना राईको आवाजमा ‘बर–पिपलु’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ । प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव…
Read More
शृङ्खला भन्छिन् – ‘म अहिले जहाँ छु मेरै लगनशिलता र मेहनतको कमाइले हो’

शृङ्खला भन्छिन् – ‘म अहिले जहाँ छु मेरै लगनशिलता र मेहनतको कमाइले हो’

हेटौंडा । पुर्वमिस नेपाल शृङ्खला खतिवडाले सामाजिक संजालमा भिडियो पोस्ट गर्दै आफुलाइ लागेको नेपो बेबिजको आरोप प्रती खण्डन गरेकी छिन् । 'मैले स्वदेश , बिदेशमा बिताएको समयको खर्चमा कुनै घुस , कर छली थिएन त्यो मैले २०१८ मा मिस् नेपालको उपाधी जितेर आएको रकम थियो, म विभिन्न कम्पनीहरुमा ब्राण्ड एम्बासडरको रुपमा काम गर्दा कमाएको पैसा थियो' शृङ्खलाले भिडियोमा स्पष्ट पारेकीछिन् । 'राजनीति गर्ने आमाबुबाको कोखबाट जन्मिनु मेरो गल्ती होईन । म मिस नेपालको उपाधी जित्दै गर्दा मेरो बाबा (पुर्व स्वास्थ मन्त्री बिरोध खतिवडा) मन्त्री हुनुहुन्थेन' उनले भिडियोमा भनेकीछिन् । 'मैले हार्डवर्ड युनिभर्सिटीमा अध्ययन गरेको केही स्कलरसिप र बाकी रकम ब्राण्ड…
Read More
डान्स मेरो मनको जुनियर सिजन १ को तयारी पूरा

डान्स मेरो मनको जुनियर सिजन १ को तयारी पूरा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित प्रणामी भवनमा रहेको ड्रीम्स म्युजिक स्कुल प्रा .लि. ले आयोजना गरेको डान्स मेरो मनको जुनियर सिजन १ कार्यक्रमको तयारी पूरा भएको छ । भदौ १५ गतेदेखि सामुदायिक, निजी विद्यालयहरुमा गइ विध्यार्थीहरुको अडिशन लिने तयारीमा जुटेकाे ड्रीम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालले जानकारी दिए । 'विद्यालयहरुमा अडिशनको लागि पत्राचार गरेका छौँ, यता कार्यक्रमको लागि स्टेज निर्माणको काम सक्किएको छ'- खुलालले बताए । सडक बालबालिका आस्रित मामाघर नेपाल, मानव सेवा आस्रम, आमा घर जस्ता संघसंस्थाको अनुमति पाइयो भने सम्भवत ती ठाउँका बालबालिकामा पनि प्रतिभा खोज्ने आफुहरुको लक्ष्य रहेको छ खुलालले बताए । अडिशनको लागि मकवानपुरका…
Read More
‘म यस्तो गीत गाउँछु जुनियर’ सम्पन्न, ‘डान्स मेरो मनको सिजन १’ शुरु

‘म यस्तो गीत गाउँछु जुनियर’ सम्पन्न, ‘डान्स मेरो मनको सिजन १’ शुरु

हेटौंडा । हेटौंडास्थित ड्रीम्स म्युजिक स्कुल प्रा. लि.ले आयोजना गरेको ‘म यस्तो गीत गाउँछु जुनियर’ प्रतियोगिताको समापन गरिएको छ । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय क्रमश सुलज्ञा राज्यलक्ष्मी शाह, सुज्यैना गहतराज, आर्मन कार्कीलाई नगदसहित पुरस्कृत गरिएको थियो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताका जज इश्वर खड्का, सुनिता शर्मा लुइँटेल, सुभाष गहतराज, देवेन्द्र कार्की लगायत विभिन्न बिधाका ब्याक्तीहरु सम्मानित भएका थिए । यस्तै म्युजिक स्कुलले ‘डान्स मेरो मनको सिजन १’ प्रतियोगिता गर्ने भएको छ । हेटौंडाको प्रत्येक स्कुलमा गएर विद्यार्थीहरुको अडिसन लिने र प्रतिभावान बिद्ध्यार्थीहरुबिच प्रतिस्पर्धा गराउने ड्रीम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालले जानकारी…
Read More
गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

मकवानपुर — गायक तथा संगीतकार सिद्धान्त खड्का र गायक मनिश लिम्बुको स्वरमा तयार भएको नयाँ गीत ‘तिमी मेरो शब्द’ सार्वजनिक भएको छ। साईराम पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो। यो गीतका शब्द, संगीत, एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ सबै गायक खड्काकै छन्। रोमान्टिक भावका शब्दमा र्यापको मिश्रण गरिएको गीतमा बाँसुरीको धुन रत्न विकले भरेका छन्। म्युजिक भिडियोको निर्देशन र सम्पादन संयोग राईले गरेका हुन् भने सिनेम्याटोग्राफी मनिक लिम्बुले सम्हालेका छन्। भिडियोमा गायकद्वय सिद्धान्त र मनिशसहित अन्य कलाकारको पनि अभिनय देख्न सकिन्छ। गीतले प्रेमिल भाव र आधुनिक शैलीको संयोजन प्रस्तुत गरेको छ। हेर्नुहोस् म्युजिक भिडियो–
Read More
गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

हेटौंडा । मकवानपुरका युवा गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा सक्रिय गायक लामाले आफ्नो आधिकारिक युट्युब च्यानल ‘जनक लामा’ मार्फत गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन्। कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको यो गीतमा प्रेमिल भावना र लोकशैलीको समिश्रण गरिएको छ। गीतका शब्द सुशिल तामाङले लेखेका छन् भने संगीत संयोजन चेतन लामाले गरेका हुन्। गीतलाई जोगलाल लामाले एरेन्ज गरेका छन्। ‘म्हारला व्यापारी’ को मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् भने रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो। यसअघि प्रकाशित गीतहरूबाट राम्रै चर्चा बटुलेका गायक लामाले यो गीतमार्फत आफ्नो सांगीतिक यात्रा अझ सशक्त बनाउने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.