लोक दोहोरी गीत प्रतिष्ठान मकवानपुरमा नयाँ नेतृत्व

हेटौंडा । नेपाली लोकसंस्कृतिको जीवन्त पहिचान बोकेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति मकवानपुरको २२औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन उत्साहपूर्वक सम्पन्न भएको छ। हेटौंडामा सम्पन्न अधिवेशनले चन्द्र बजगाईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको हो।

निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष चन्द्र बजगाई, प्रथम उपाध्यक्ष निरु खड्का, द्वितीय उपाध्यक्ष बेलबहादुर लो, महिला उपाध्यक्ष निशा लामा, सचिव राजेश मग्राती, सहसचिव कुमार महत, कोषाध्यक्ष उमेश न्यौपाने र सह–कोषाध्यक्ष प्रमिला आले मगर
र प्रवक्ता शरु कार्की रहेका छन्।

त्यसैगरी रमा गुरुङ, श्रीराम थापा मगर, जनक बहादुर राइ, तिलक बगाले, नरेन्द्र मोक्तान,मान बहादुर लो,अमृत बर्तौला,दुर्गा बहादुर स्याङ्तान,राम माया नेपाली,प्रतीक्षा लामिछाने,प्रतीक्ष ढकाल,उमा घिमिरे,बिना श्रेष्ठ,अम्बिका चौलागाईं,प्रलाद दर्जी,दिपक तितुङ
लगायत २५ जना सदस्यहरू निर्वाचित भएका छन्।

कार्यक्रममा केन्द्रीय प्रशासनिक उपाध्यक्ष तथा बागमती प्रदेश/मकवानपुर जिल्ला अधिवेशन संयोजक दिपक खड्काले नयाँ कार्यसमिति सदस्यहरूलाई सपथ ग्रहण गराउँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले प्रमुख अतिथिको रूपमा सहभागी हुँदै संस्थाको आफ्नै भवन निर्माणमा नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, “लोक संस्कृति हाम्रो गर्व हो, यसलाई जोगाउन र विस्तार गर्न सबैको एकजुट प्रयास आवश्यक छ। नगरपालिकाको साथ सधैं रहनेछ।”

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल मकवानपुरका अध्यक्ष रबिन्द्र थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार ऋषिलाल श्रेष्ठ, संस्थापक अध्यक्ष दिनेश आफ्ले, केन्द्रीय सदस्य क्षेत्रबहादुर थिङ, प्रदेश कोषाध्यक्ष रामशरण लामिछाने लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा मकवानपुरका विभिन्न लोक तथा दोहोरीगीतप्रेमी, संगीत क्षेत्रका अगुवा र प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले लोक परम्परा, संस्कृतिको संरक्षण र युवा पुस्तामा मौलिक संगीतप्रतिको रुचि बढाउने सन्देश दिएको सहभागीहरूले बताएका छन्।

नव–निर्वाचित पदाधिकारीहरूलाई सहभागीहरूले हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै,“चन्द्र बजगाईको नेतृत्वमा मकवानपुरको लोक दोहोरी क्षेत्र अझ समृद्ध र सशक्त बन्ने विश्वास” व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.