हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा-११, मकवानपुरको आयोजना र हेटौंडा-११ वडा कार्यालयको आर्थिक सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालयकी वर्षा चापागाईं प्रथम भएकी छिन्। त्यसैगरी, जेम्स इङ्लिस मिडियम स्कुलकी अंकिता सुवेदी द्वितीय र सोही विद्यालयकी प्रीन्सा ढकाल तृतीय हुन सफल भएकी छिन्।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई क्रमशः ५,०००, ३,५०० र १,५०० रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्



































































