Day: २०८३ जेष्ठ १५, शुक्रबार २३:३४ गते

वक्तृत्वकला प्रतियोगिता: त्रिभुवन माविकी चापागाईं प्रथम

वक्तृत्वकला प्रतियोगिता: त्रिभुवन माविकी चापागाईं प्रथम

हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा-११, मकवानपुरको आयोजना र हेटौंडा-११ वडा कार्यालयको आर्थिक सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालयकी वर्षा चापागाईं प्रथम भएकी छिन्। त्यसैगरी, जेम्स इङ्लिस मिडियम स्कुलकी अंकिता सुवेदी द्वितीय र सोही विद्यालयकी प्रीन्सा ढकाल तृतीय हुन सफल भएकी छिन्। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई क्रमशः ५,०००, ३,५०० र १,५०० रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो।
Read More
हेटौँडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाखको क्षति

हेटौँडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाखको क्षति

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४, भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा बिहीबार आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार अपराह्न १२:२५ बजे शेरबहादुर पहरीद्वारा सञ्चालित उक्त पार्टी प्यालेसको सभाहलमा रहेको स्टेजमा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली र हेटौँडा उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो। दमकल र सुरक्षाकर्मीको सक्रियतामा १२:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट सभाहलको स्टेजमा रहेको जिप्सन, लाइट, विद्युतीय तारहरू, जस्तापाता र स्टेन बोर्डलगायतका महत्त्वपूर्ण सामग्री जलेर नष्ट भएका छन्। घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति भने…
Read More
हेटौंडा-११ का २३ वटै टोलमा सरसफाइ, १७ गते भव्य र्याली गरिने

हेटौंडा-११ का २३ वटै टोलमा सरसफाइ, १७ गते भव्य र्याली गरिने

हेटौंडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका-११ का २३ वटै टोलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। सिमलटार, गोल्फिन्टार, थानाभर्याङ, तल्लो थानाभर्याङ, स्मारक, गणेश र शान्ति टोललगायत वडाभित्रका २३ वटै टोल विकास संस्थाहरूले आ-आफ्नो क्षेत्रमा सरसफाइ गरेका हुन्। टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा-११ का अध्यक्ष यज्ञबहादुर आचार्यले वातावरण दिवसको अवसरमा टोल-टोलमा सरसफाइ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, दिवसकै अवसरमा संस्थाले वातावरण संरक्षणसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। यसैबीच, वातावरण दिवसकै विशेष कार्यक्रम अन्तर्गत आगामी जेठ १७ गते हेटौंडा-११ मा भव्य र्याली आयोजना गरिने भएको छ। वडाका २३ वटै टोल विकास संस्थाको सहभागिता रहने उक्त…
Read More
चलचित्र पत्रकारिता दिवस: मकवानपुरमा विभिन्न व्यक्तित्व सम्मानित

चलचित्र पत्रकारिता दिवस: मकवानपुरमा विभिन्न व्यक्तित्व सम्मानित

हेटौँडा । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस-२०८३ को अवसरमा चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता र कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ। संघका केन्द्रीय उपाध्यक्ष दीपज्योति थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रका स्रष्टा तथा पत्रकारहरूलाई कदर गरिएको हो। संघका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निम्न व्यक्तित्वहरू सम्मानित भएका छन्: धनमान श्रेष्ठ स्मृति चलचित्र कलाकार सम्मान–२०८३: कलाकार विष्णुप्रसाद सापकोटा। नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३: चलचित्र पत्रकार कृष्ण भट्टराई। चलचित्र पत्रकारिता पुरस्कार–२०८३: कान्तिपुर दैनिकका संवाददाता सुवास विडारी। कार्यक्रममा बोल्दै वक्ताहरूले चलचित्र पत्रकारिताको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको…
Read More
‘गणतन्त्रको मर्म जनताको जीवनमा अनुभूत हुनुपर्छ’: प्रदेश प्रमुख देवकोटा

‘गणतन्त्रको मर्म जनताको जीवनमा अनुभूत हुनुपर्छ’: प्रदेश प्रमुख देवकोटा

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई जनताको जीवनस्तर सुधार्ने माध्यम हुनुपर्ने बताउनुभएको छ। १९ औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रलाई जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिनुभएको हो। प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, “गणतन्त्र शासक होइन, सेवक भएर काम गर्ने व्यवस्था हो। राज्यको शक्ति र स्रोतमा आम नागरिकको समान पहुँच सुनिश्चित गर्नु नै गणतन्त्रको वास्तविक सार हो।” राजनीतिक अधिकारको लडाइँ पूरा भइसकेको भन्दै अबको मुख्य ध्यान आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायतर्फ केन्द्रित हुनुपर्ने उहाँको धारणा थियो। उहाँले नयाँ पुस्ताको अपेक्षालाई समयमै…
Read More
हेटौँडा-४ मा ‘बृहत शैक्षिक मेला-२०८३’ सम्पन्न

हेटौँडा-४ मा ‘बृहत शैक्षिक मेला-२०८३’ सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा 'बृहत शैक्षिक मेला-२०८३' सम्पन्न भएको छ। शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा आयोजित मेलाको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो। शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा-४ का अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका ३६ भन्दा बढी विद्यालयका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, कला, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले भौतिक निर्माण मात्र विकास नभई 'चेतना' नै विकासको पहिलो आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “चेतनाको विकास भयो भने सबै सम्भावनाको ढोका खुल्छ। त्यसैले हामी शैक्षिक र बौद्धिक विकासमा लगानी गरिरहेका छौँ।” चौथो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.