स्वास्थ्य

थाहा नगरको खानेपानी गुणस्तरीय: जनस्वास्थ्य कार्यालयको परीक्षणमा शुद्धता प्रमाणित

थाहा नगरको खानेपानी गुणस्तरीय: जनस्वास्थ्य कार्यालयको परीक्षणमा शुद्धता प्रमाणित

हेटौंडा / थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको पानीमा शुद्धता रहेको पाइएको छ । वर्षासँगै खानीपानीमा हुनसक्ने संभावित संक्रमणको जाँच गर्न गरिएको पानीको गुणस्तर परीक्षणको नतिजामा शुद्धता पाइएको हो । थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले व्यवस्थापन गर्दै आएको विभिन्न १४ वटा मूल मार्फत धारामा झरेको पानीको नमुना परीक्षण गरेको थियो । परीक्षण अनुसार मूलमा जुन शुद्धता छ, सोही गुणस्तरको पानी धारामा पाइएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको प्रयोगशालामा खानेपानी गुणस्तर परीक्षण गरिएको बोर्डकी कार्यकारी निर्देशक शकुन्तला गोपालीले बताइन् । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले समय समयमा खानेपानी गुणस्तर परीक्षण गर्दै…
Read More
हेटौँडा उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ घोषित

हेटौँडा उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ घोषित

हेटौँडा । हेटौँडा उपमहानगरपालिकालाई एक विशेष समारोहका बीच ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ उपमहानगरका रूपमा औपचारिक घोषणा गरिएको छ। स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायको अथक प्रयास तथा सहकार्यले हेटौँडाले स्वास्थ्य क्षेत्रमा यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो। नगरभित्रका १५ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकाहरूले सरकारले तोकेका सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित भएसँगै अबका दिनमा पनि यसलाई पूर्ण रूपमा निरन्तरता दिने प्रतिबद्धतासहित यो घोषणा गरिएको हो। घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान तथा उपस्थित जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा हेटौँडाले ऐतिहासिक फड्को मारेको बताउनुभयो। बालबालिकाको स्वास्थ्य नै नगरको भविष्य भएको उल्लेख गर्दै उहाँहरूले यो…
Read More
हेटौँडा–१५ का विपन्न परिवारलाई एम्बुलेन्स सेवामा आर्थिक सहयोग

हेटौँडा–१५ का विपन्न परिवारलाई एम्बुलेन्स सेवामा आर्थिक सहयोग

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्रका विपन्न परिवारका सदस्यहरूलाई बिरामी पर्दाको अवस्थामा एम्बुलेन्स खर्च उपलब्ध गराउन थालेको छ। आपत्‌विपद्को समयमा स्थानीय सरकारको उपस्थिति महसुस गराउने र बिरामीको उपचारमा सहजता पुर्‍याउने उद्देश्यले वडा कार्यालयले देशका जुनसुकै अस्पतालसम्म पुग्नका लागि लाग्ने एम्बुलेन्सको एकतर्फी भाडा खर्च उपलब्ध गराउँदै आएको हो। वडाध्यक्ष सुनिल मुक्तानका अनुसार, यो सेवामार्फत हालसम्म करिब २ लाख रुपैयाँ बराबरको एम्बुलेन्स भाडा खर्च विपन्न परिवारलाई उपलब्ध गराइसकिएको छ। “वडाबासीको बिरामी अवस्थामा केही राहत मिलोस् र उनीहरूलाई स्थानीय सरकारको साथ छ भन्ने महसुस होस् भनेर हामीले यो सेवा सुरु गरेका हौँ,” वडाध्यक्ष मुक्तानले बताउनुभयो। वडा सदस्य सिंहबहादुर लोले वडा…
Read More
हेटौँडा–११ मा रक्तदान कार्यक्रम: वडा सदस्यसहित ३९ जनाद्वारा रक्तदान

हेटौँडा–११ मा रक्तदान कार्यक्रम: वडा सदस्यसहित ३९ जनाद्वारा रक्तदान

हेटौँडा । नेपाल रेडक्रस सोसाइटी हेटौँडा–११, नवलपुर उपशाखाको आयोजनामा सम्पन्न खुला रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालय अगाडिको चौतारामा आयोजित उक्त कार्यक्रममा हेटौँडा–११ का वडा सदस्य सञ्जय बिडारीले समेत रक्तदान गर्नुभएको थियो। हेटौँडा उपमहानगरपालिका–११ वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक अञ्जनप्रसाद पौडेलले जानकारी दिनुभयो। नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखाकी कार्यबाहक सभापति सुष्माकुमारी बडालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा–११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्यहरू गोपिनी सापकोटा र गीता सुनारलगायतको उपस्थिति थियो। मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ…
Read More
बागमती प्रदेशका ११ जिल्लालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण

बागमती प्रदेशका ११ जिल्लालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण

हेटौँडा। प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुरक्षित रगत भण्डारण क्षमता बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका शाखाहरूलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ। स्वास्थ्य आपूर्ति केन्द्र, हेटौँडाको आयोजनामा बिहीबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापा मगरले संयुक्त रूपमा उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो। बागमती प्रदेशका १३ जिल्लामध्ये रक्तसञ्चार सेवा सञ्चालनमा रहेका सिन्धुपाल्चोक र रसुवाबाहेकका ११ जिल्लालाई रेफ्रिजेरेटर उपलब्ध गराइएको हो। प्रदेश सरकारले २२० लिटर क्षमताका ती अत्याधुनिक रेफ्रिजेरेटर खरिदका लागि ३१ लाख रुपैयाँ खर्च गरेको छ। प्रति युनिट २ लाख ७५ हजार ५ सय ५५ रुपैयाँका दरले खरिद गरिएका…
Read More
स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा र पारिश्रमिकको माग

स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा र पारिश्रमिकको माग

हेटौंडा । नेपाल स्वास्थ्य स्वयंसेवक संघ (हेभन) ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक सुरक्षा, पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितताका लागि बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। संघकी अध्यक्ष बसन्ती महर्जनद्वारा हस्ताक्षरित ज्ञापनपत्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बुझाउँदै स्वयंसेविकाहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, न्यूनतम मासिक पारिश्रमिक तथा भत्ताको व्यवस्था गर्नुपर्ने र सेवा सुविधा सम्बन्धी स्पष्ट कार्यविधि लागू गर्नुपर्ने माग गरिएको छ। नेपालभर करिब ५२ हजार र बागमती प्रदेशमा करिब ९ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको उल्लेख गर्दै संघले मातृ तथा शिशु स्वास्थ्य, खोप, परिवार नियोजन र स्वास्थ्य सचेतनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको जनाएको छ। ज्ञापनपत्रमा सम्मानजनक निवृत्ति…
Read More
मकवानपुरमा सुर्ती–मदिरा नियन्त्रण संवाद

मकवानपुरमा सुर्ती–मदिरा नियन्त्रण संवाद

हेटौंडा/ मकवानपुरमा सुर्तीजन्य पदार्थ र मदिरा सेवनबाट उत्पन्न स्वास्थ्य तथा सामाजिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवालाबीच विशेष छलफल सम्पन्न भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा सम्पन्न उक्त पैरवी बैठकमा पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका जिल्ला उपाध्यक्षद्वय धुर्व अधिकारी र भावना रिजाल, साथै महासंघका पूर्व अध्यक्ष राममणि दाहाललगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई विशेष गरी सञ्चार माध्यमको भूमिकासँग जोडेर छलफल गरिएको थियो। सुर्तीजन्य पदार्थ र मदिरा सेवनले समाजमा पारिरहेको दीर्घकालीन स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरण गर्न पत्रकारितामार्फत सचेतना अभिवृद्धि गर्न सकिने विषयमा सहभागीहरूले जोड दिएका थिए। जनस्वास्थ्य कार्यालयले प्रस्तुत…
Read More
बागमती प्रदेशमा एचआईभी संक्रमण घट्दो, तर ‘सामाजिक कलंक’ अझै ठूलो चुनौती

बागमती प्रदेशमा एचआईभी संक्रमण घट्दो, तर ‘सामाजिक कलंक’ अझै ठूलो चुनौती

हेटौँडा । बागमती प्रदेशमा एचआईभी संक्रमण दर क्रमशः घट्दै गएको भए पनि यसको नियन्त्रण र व्यवस्थापनमा भने अझै चुनौतीपूर्ण अवस्था देखिएको छ। संक्रमण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भए पनि सामाजिक लाञ्छना, ढिलो परीक्षण र सेवाको पहुँचमा रहेको कमीका कारण पूर्ण सफलता हासिल गर्न बाधा पुगिरहेको सरोकारवालाहरूले औँल्याएका छन्। स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा करिब ७ हजार ४ सय जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। तराईका सीमावर्ती क्षेत्र, काठमाडौँ र चितवनलाई संक्रमणको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। तथ्यांकअनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २१ हजार २२९ जनामा गरिएको परीक्षणमध्ये ७२७ जनामा संक्रमण देखिएको…
Read More
थानाभर्याङमा प्रहरी जवानसहित १७ जनाले गरे रक्तदान

थानाभर्याङमा प्रहरी जवानसहित १७ जनाले गरे रक्तदान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ स्थित थानाभर्याङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो। टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा-११ को आयोजना तथा वडा नम्बर ११ कार्यालयको आर्थिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा बागमती प्रदेश प्रहरी गणका ५ जना प्रहरीसहित १७ जनाले रक्तदान गरेका थिए। वडा समन्वय समिति हेटौंडा-११ का अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्यद्वय विकास नेपाल र गोपिनी सापकोटा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
Read More
रगतको अभाव भएपछि विद्याथीहरुले गरे रक्तदान

रगतको अभाव भएपछि विद्याथीहरुले गरे रक्तदान

हेटौंडा । ६२ औ विद्यार्थी दिवसको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्ला कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन । शुक्रवार विहान हेटौडा – ४ स्थित हेटौंडा क्याम्पस परिसरमा अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटिको व्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, हेटौंडा क्याम्पसका पुर्व क्याम्पस प्रमुख ,प्रध्यापक, कर्मचारी लगाएत रक्तदान गरेको अनेरास्ववियु हेटौंडा क्याम्पस कमिंिटका अध्यक्ष नितेस भण्डारीले जानकारी दिए । कार्यक्रम अनेरास्ववियु मकवानपुर जिल्ला कमिटिको जिल्ला संयोजक नवराज पौडेलको अध्यक्षता कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एव्म मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.