२०८२ कार्तिक २८, शुक्रबार १८:१३ गते
२०८२ कार्तिक २८, शुक्रबार १८:१३ गते
हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाको थानाभर्याङ्मामा खाने पानीको लाइन बिस्तार बिगत केही महीनादेखि हुँदै आएको छ । पानीको पाइप कतिठाउमा बिछ्याइसकिएको छ भने कति ठाउँमा बिछ्याउन बाकी छ हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डका इन्जिनियर बिपिनराज वाग्लेले बताए । खानेपानीको ओभर हेड ट्याङ्कीको भने निर्माण सम्पन्न भैसकेको छ । ओमसाइ निर्माण सेवाको ठेक्कामा निर्माण भएको ट्याङ्कीको क्षमता ४ लाख ५० हजार लीटरको रहेको छ । हेटौंडा ११ सिमलटारमा निर्मित ट्याङ्कीको निर्माण लागत १ करोड ८७ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको इन्जिनियर वाग्लेले जानकारी दिए । बागमती प्रदेश सरकार खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय अन्तरगत खानेपानी तथा…