हेटौँडा–१५ का विपन्न परिवारलाई एम्बुलेन्स सेवामा आर्थिक सहयोग

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्रका विपन्न परिवारका सदस्यहरूलाई बिरामी पर्दाको अवस्थामा एम्बुलेन्स खर्च उपलब्ध गराउन थालेको छ।

आपत्‌विपद्को समयमा स्थानीय सरकारको उपस्थिति महसुस गराउने र बिरामीको उपचारमा सहजता पुर्‍याउने उद्देश्यले वडा कार्यालयले देशका जुनसुकै अस्पतालसम्म पुग्नका लागि लाग्ने एम्बुलेन्सको एकतर्फी भाडा खर्च उपलब्ध गराउँदै आएको हो।

वडाध्यक्ष सुनिल मुक्तानका अनुसार, यो सेवामार्फत हालसम्म करिब २ लाख रुपैयाँ बराबरको एम्बुलेन्स भाडा खर्च विपन्न परिवारलाई उपलब्ध गराइसकिएको छ। “वडाबासीको बिरामी अवस्थामा केही राहत मिलोस् र उनीहरूलाई स्थानीय सरकारको साथ छ भन्ने महसुस होस् भनेर हामीले यो सेवा सुरु गरेका हौँ,” वडाध्यक्ष मुक्तानले बताउनुभयो।

वडा सदस्य सिंहबहादुर लोले वडा कार्यालय आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैव प्रतिबद्ध रहेको र यस्ता कार्यमा पछि नहट्ने जानकारी दिनुभयो। उक्त कार्यक्रममा वडा सदस्य मिनु विश्वकर्मालगायत स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति थियो। वडा कार्यालयको यो मानवीय सेवाले विपन्न परिवारलाई स्वास्थ्य उपचारमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.