कक्षा १२ को नतिजामा त्रिभुवन माविको ९३.३३% परिक्षार्थी उतिर्ण

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ। यस वर्षको परीक्षामा विद्यालयका ९३.३३ प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले २०८३ असार ५ गते शुक्रबार नतिजा सार्वजनिक गरेको हो। बोर्डको तथ्याङ्कअनुसार यस वर्ष देशभरबाट कुल ५ लाख १० हजार ९ सय ८७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये २ लाख ८४ हजार ३ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले सार्वजनिक गरेको विवरणअनुसार देशभरको कुल उत्तीर्ण प्रतिशत ६१.१७ रहेको छ।

राष्ट्रिय नतिजाको तुलनामा त्रिभुवन माविले निकै उच्च र सन्तोषजनक नतिजा प्राप्त गरेको छ। विद्यालयको यस सफलताले स्थानीय स्तरमा शैक्षिक गुणस्तर कायम राख्न थप हौसला मिलेको विद्यालय प्रशासनले जनाएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.