Day: २०८३ असार ६, शनिबार १८:२५ गते

त्रिभुवन माविको अभिभावक संघ (PTA) अध्यक्षमा रामकृष्ण बस्नेत सर्वसम्मत चयन

त्रिभुवन माविको अभिभावक संघ (PTA) अध्यक्षमा रामकृष्ण बस्नेत सर्वसम्मत चयन

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको अभिभावक शिक्षक संघ (PTA) को अध्यक्षमा रामकृष्ण बस्नेत पुनः चयन हुनुभएको छ। विद्यालयमा सम्पन्न अभिभावक भेलाले बस्नेतलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको संयुक्त भेलाले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको सदस्यहरूमा छविलाल वाइबा, देवकी खड्का, खेमकुमारी तिमल्सिना, अम्बिका पाठक, शंकर दाहाल, कल्पना सापकोटा र पुष्पा थापा चयन हुनुभएको छ। विद्यालयमा आयोजित भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष दाहालले विद्यालयको शैक्षिक गुणस्तर र विकासमा अभिभावकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको…
Read More
हेटौँडामा ‘पारिजात विशेष कार्यक्रम’: साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वबारे चर्चा

हेटौँडामा ‘पारिजात विशेष कार्यक्रम’: साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वबारे चर्चा

हेटौँडा । हेटौँडा–१० स्थित दर्शन पार्टी प्यालेसमा ‘पारिजात विशेष कार्यक्रम’ सम्पन्न भएको छ। आञ्चल साहित्य कलापुञ्ज मकवानपुरद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली साहित्यकी विशिष्ट साधक पारिजातको व्यक्तित्व, योगदान र उहाँका कृतित्वबारे गहन बहस गरिएको छ। कार्यक्रममा पारिजात स्मृति केन्द्रका डा. बिन्दु शर्मा, डा. अमृता रेग्मी तथा समालोचक एवं अनुसन्धानकर्ता डिल्लीराम पोख्रेलले पारिजातको जीवनशैली, उहाँको वैचारिक अडान र नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो। साहित्यकार विश्वनाथ सञ्जेलले सहजीकरण गर्नुभएको उक्त बहसमा वक्ताहरूले पारिजातका रचनाले समाज र विशेषगरी महिलाको चेतनामा पारेको प्रभावबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए। साथै, विद्यालय स्तरीय पारिजात विषयक खुला निबन्ध प्रतियोगितामा…
Read More
हेटौँडामा ‘महिला मैत्री बहस’: समतामूलक समाज निर्माणमा सरोकारवालाहरूको जोड

हेटौँडामा ‘महिला मैत्री बहस’: समतामूलक समाज निर्माणमा सरोकारवालाहरूको जोड

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा ‘महिला मैत्री हेटौँडा: वर्तमान र भविष्य’ तथा ‘समतामूलक समाज निर्माणमा स्थानीय तहको भूमिका’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले महिला मैत्री सहर निर्माणका लागि नीतिगत सुधार र व्यावहारिक अभ्यासमा जोड दिएका छन्। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी श्री पाण्डे र सुनिता बिष्टले गर्नुभएको थियो। बहसमा सहभागिता र धारणा बहसमा नगरप्रमुख मीनाकुमारी लामा, वरिष्ठ पत्रकार बबिता बस्नेत, बागमती प्रदेश सरकारकी पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घ नेपालका उपमहासचिव किरण थापा, उपमेयर राजेश बानियाँ, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारालाल श्रेष्ठ, समावेशी आयोगकी पूर्व कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा र जेन्जी अभियन्ता रक्षा बमले…
Read More
हेटौँडा–११ मा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

हेटौँडा–११ मा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ मा वडा बाल सञ्जालको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ। वडा कार्यालयको प्रायोजनमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन खेलमा शहीद स्मारक टोल विकास संस्थाले सडक बाल सञ्जाललाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक टोल विकास संस्थाले सडक बाल सञ्जालविरुद्ध ६–० गोलको फराकिलो अन्तरले जित हात पारेको हो। वडा बाल सञ्जालकी अध्यक्ष आञ्चल सुवेदीको सभाध्यक्षता तथा हेटौँडा–११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा वडा सदस्यहरू गोपिनी सापकोटा, सञ्जय बिडारी र गीता सुनारलगायतको उपस्थिति रहेको थियो। भारतीय सेनाका अवकाशप्राप्त क्याप्टेन डोल्सी घलेको संयोजकत्वमा सञ्चालित यस प्रतियोगितामा कुल…
Read More
कक्षा १२ को नतिजामा त्रिभुवन माविको ९३.३३% परिक्षार्थी उतिर्ण

कक्षा १२ को नतिजामा त्रिभुवन माविको ९३.३३% परिक्षार्थी उतिर्ण

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ। यस वर्षको परीक्षामा विद्यालयका ९३.३३ प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले २०८३ असार ५ गते शुक्रबार नतिजा सार्वजनिक गरेको हो। बोर्डको तथ्याङ्कअनुसार यस वर्ष देशभरबाट कुल ५ लाख १० हजार ९ सय ८७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये २ लाख ८४ हजार ३ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले सार्वजनिक गरेको विवरणअनुसार देशभरको कुल उत्तीर्ण प्रतिशत ६१.१७ रहेको छ। राष्ट्रिय नतिजाको तुलनामा त्रिभुवन माविले निकै उच्च र सन्तोषजनक नतिजा प्राप्त गरेको छ। विद्यालयको यस…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.