सबै समाचार

1001 Posts
‘सचेत नागरिक, स्वस्थ समाज’: लागुऔषधविरुद्धको ३ महिने अभियान सम्पन्न

‘सचेत नागरिक, स्वस्थ समाज’: लागुऔषधविरुद्धको ३ महिने अभियान सम्पन्न

हेटौँडा । “सचेत नागरिक, स्वस्थ समाज, लागुऔषधविरुद्धको ३ महिने अभियान” अन्तर्गत आयोजित युवा बहस तथा सचेतना कार्यक्रमको समापन गरिएको छ। सियान रिह्याबिलिटेसन सेन्टरको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। सियान रिह्याबिलिटेसन सेन्टर हेटौँडा-९ का अध्यक्ष मन क्षेत्रीको सभाध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपालमा तीव्र गतिमा लागुऔषध प्रयोगकर्ता बढिरहेकामा चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार, नेपालमा हाल १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन्। नेपाल सरकारले सन् २०३० सम्ममा यो संख्या आधा घटाउने लक्ष्य लिएको उहाँले जानकारी…
Read More
विश्व वातावरण दिवसका अवसरमा पाथीभरा मन्दिर जाने बाटोमा वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा पाथीभरा मन्दिर जाने बाटोमा वृक्षारोपण

हेटौँडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौँडा उपमहानगरपालिका-१ स्थित पाथीभरा मन्दिर जाने बाटोमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा-११ को समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर जाने बाटोको दायाँ-बायाँ विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए। कार्यक्रममा बोल्दै समन्वय समितिका प्रतिनिधिहरूले वातावरण दिवस केवल औपचारिकतामा मात्र सीमित नराखी, रोपिएका बिरुवाहरूको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
Read More
समृद्ध हेटौंडाको खाका कोर्न ‘समृद्ध हेटौंडा बहस’ सम्पन्न

समृद्ध हेटौंडाको खाका कोर्न ‘समृद्ध हेटौंडा बहस’ सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले समृद्ध हेटौंडा बहस गर्दै हेटौंडाको विकास, सुशासन, उद्यमशीलता तथा आवासीय सहर निर्माणका विविध विषयमा व्यापक छलफल गरेको छ । एक दिवसीय कार्यक्रमअन्तर्गत् विभिन्न क्षेत्रका जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरुको सहभागितामा बहस भएको हो । कार्यक्रमअन्तर्गत् पहिलो सत्रमा स्थानीय सरकारः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा विषयमा बहस सञ्चालन भएको छ । उक्त सत्रमा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, भीमफेदी गाउ“पालिका अध्यक्ष हिदम लामा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सहभागी भइ स्थानीय तहको अनुभव, चुनौती र भावी कार्यदिशाबारे धारणा राखेका थिए । बहसमा स्थानीय सरकारप्रति नागरिकका बढ्दो अपेक्षा, सेवाप्रवाहमा पारदर्शिता, सुशासन प्रवद्र्धन, विकास…
Read More
हेटौँडा-४ मा ‘भान्सा नै औषधालय’ सम्बन्धी सचेतना कार्यक्रम

हेटौँडा-४ मा ‘भान्सा नै औषधालय’ सम्बन्धी सचेतना कार्यक्रम

हेटौँडा । विश्व वातावरण दिवस-२०८३ को अवसरमा हेटौँडा उपमहानगरपालिका-४ मा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक तथा राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोगहरू नियन्त्रण गर्न स्वस्थ…
Read More
टिष्टुङ रिसोर्टमा स्वीमिङ पुल सञ्चालन: पर्यटकीय आकर्षण थपिँदै

टिष्टुङ रिसोर्टमा स्वीमिङ पुल सञ्चालन: पर्यटकीय आकर्षण थपिँदै

मकवानपुर । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको साथै अब स्वीमिङको मज्जा लिन पाइने भएको छ । फराकिलो परिसर भएको टिष्टुङ रिसोर्टमा १६ जेठमा एक कार्यक्रमकाबीच स्वीमिङ पुलको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख तथा विशेष अतिथी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने र होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले संयुक्त रुपमा स्वीमिङ पुलको उद्घाटन गरेका हुन् । प्राकृतिक मनोरमताको साथै काठमाण्डौबाट नजिक रहेको थाहा नगरपालिका वडा नम्बर ६ स्थित टिष्टुङ रिसोर्टमा पर्यटकहरुका लागि स्वीमिङ पुल अर्को आकर्षणको केन्द्र भएको पर्यटन बोर्ड गण्डकीका प्रमुख लामिछानेले बताए । चित्लाङ, टिष्टुङ (हाल बज्रवाराही…
Read More
पेट्रोलियम विक्रेतासङ्घको अध्यक्षमा इटेनी निर्विरोध निर्वाचित

पेट्रोलियम विक्रेतासङ्घको अध्यक्षमा इटेनी निर्विरोध निर्वाचित

हेटौँडा । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको अध्यक्षमा उत्सव इटेनी निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार हेटौँडामा सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा अधिवेसनले इटेनीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराइ, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचविमा उत्तम खड्का र कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित हुनुभएको छ । साथै सङ्घको कार्यसमिति सदस्यहरुमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी, मनोजकुमार शाह निर्वाचित हुनुभएको छ भने पदेन सदस्यमा किशोर शर्मा कंडेल रहनुभएको छ । पत्रकार दाहाल र विष्ट सम्मानित नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि दाहाललाई सम्मान गरेको छ ।…
Read More
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक

हेटौँडा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको घोषणा गर्नुभयो। ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमानसहित सार्वजनिक गरिएको यस बजेटमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ। भौतिक पूर्वाधार र यातायात सरकारले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्र र २ सयवटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री वाग्लेले पूर्व–पश्चिम राजमार्ग चार…
Read More
वक्तृत्वकला प्रतियोगिता: त्रिभुवन माविकी चापागाईं प्रथम

वक्तृत्वकला प्रतियोगिता: त्रिभुवन माविकी चापागाईं प्रथम

हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा-११, मकवानपुरको आयोजना र हेटौंडा-११ वडा कार्यालयको आर्थिक सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालयकी वर्षा चापागाईं प्रथम भएकी छिन्। त्यसैगरी, जेम्स इङ्लिस मिडियम स्कुलकी अंकिता सुवेदी द्वितीय र सोही विद्यालयकी प्रीन्सा ढकाल तृतीय हुन सफल भएकी छिन्। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई क्रमशः ५,०००, ३,५०० र १,५०० रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो।
Read More
हेटौँडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाखको क्षति

हेटौँडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाखको क्षति

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४, भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा बिहीबार आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार अपराह्न १२:२५ बजे शेरबहादुर पहरीद्वारा सञ्चालित उक्त पार्टी प्यालेसको सभाहलमा रहेको स्टेजमा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली र हेटौँडा उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो। दमकल र सुरक्षाकर्मीको सक्रियतामा १२:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट सभाहलको स्टेजमा रहेको जिप्सन, लाइट, विद्युतीय तारहरू, जस्तापाता र स्टेन बोर्डलगायतका महत्त्वपूर्ण सामग्री जलेर नष्ट भएका छन्। घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति भने…
Read More
चलचित्र पत्रकारिता दिवस: मकवानपुरमा विभिन्न व्यक्तित्व सम्मानित

चलचित्र पत्रकारिता दिवस: मकवानपुरमा विभिन्न व्यक्तित्व सम्मानित

हेटौँडा । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस-२०८३ को अवसरमा चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता र कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ। संघका केन्द्रीय उपाध्यक्ष दीपज्योति थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रका स्रष्टा तथा पत्रकारहरूलाई कदर गरिएको हो। संघका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निम्न व्यक्तित्वहरू सम्मानित भएका छन्: धनमान श्रेष्ठ स्मृति चलचित्र कलाकार सम्मान–२०८३: कलाकार विष्णुप्रसाद सापकोटा। नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३: चलचित्र पत्रकार कृष्ण भट्टराई। चलचित्र पत्रकारिता पुरस्कार–२०८३: कान्तिपुर दैनिकका संवाददाता सुवास विडारी। कार्यक्रममा बोल्दै वक्ताहरूले चलचित्र पत्रकारिताको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.