Breaking News 1

कुखरेनी खोलादेखि उत्तरपानीसम्म सडक स्तरीकरण कार्यको शिलान्यास

कुखरेनी खोलादेखि उत्तरपानीसम्म सडक स्तरीकरण कार्यको शिलान्यास

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१४ स्थित कुखरेनी खोला किनारदेखि औद्योगिक क्षेत्र उत्तरपानीसम्मको सडक स्तरीकरण कार्यको शिलान्यास शुक्रबार सम्पन्न भएको छ। शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दीपक खड्का सहित वडा सदस्यहरूको उपस्थिति थियो। उक्त सडक १ करोड ९१ लाख ४५ हजार ९३१ रुपैयाँको लागतमा निर्माण हुने भएको छ। सडक स्तरीकरणपछि यस क्षेत्रका बासिन्दाहरूलाई आवतजावतमा सहज हुने विश्वास लिइएको छ, साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। नगर प्रमुख लामाले शिलान्यास कार्यक्रममा बोल्दै विकासका आधारभूत संरचनाहरू निर्माण गर्नु उपमहानगरको प्राथमिकता भएको उल्लेख गर्दै भनिन्, “स्थानीय जनताको मागअनुसार हामीले प्राथमिकतामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.