२०८१ कार्तिक ३, शनिबार १०:५९
२०८१ कार्तिक ३, शनिबार १०:५९
मकवानपुर । मकवानपुरको आग्रामा विक्रम सम्वत् २००२ साल बैशाख ३ गते जन्मेका (कमल बहादुरका नाति , कृष्णबहादुर र तुलसाका छोरा) गणेश बहादुर विश्वकर्माले हजुरबुवाको पालादेखी सिकेको सीप फलामबाट खुकुरी, कोदालो, हसिँया, कँचिया, बन्चरो लागायत उपभोग्य सामाग्री बनाउने कामलाई निरन्तरता दिँदै आएका छन् । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा, सिमल्टार निवासी विश्वकर्माले आफ्नै निवासमा आरन संचालनमा ल्याएका छन् । उमेरले ८ दशक हाराहारीमा पुग्दापनि उनी अझै आफ्नै कमाइबाट आफ्नो र परिवारको पेट पाल्दै आएका छन् । पितापुर्खादेखि चलिआएको कामलाई चटक्कै छोड्दा धेरैले दुःख भोग्नुपरेको उनको बुझाइ छ । ‘धेरै युवा वैदेशिक रोजगारीको लागि भन्दै विदेश जान्छन् र सामान्य काम गरेर पैसा…