लेख/रचना

हेटौँडामा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

हेटौँडामा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

हेटौँडा । नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा हेटौँडास्थित नवोदय शिशु सदन माध्यमिक विद्यालयमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ विशेष समारोह आयोजना गरिएको छ। नवोदय साहित्यिक बगैँचा बाल क्लबको आयोजनामा भएको यस कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य र सिर्जनशीलताको विकास गर्ने उद्देश्य राखेको थियो। समारोहमा अन्तरविद्यालय स्थलगत कविता प्रतियोगिता, भानुभक्त आचार्य विशेष बहस, साहित्यिक नाटक प्रदर्शनी, गायन तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आदिकवि आचार्यको व्यक्तित्व, कृतित्व, नेपाली भाषाको विकासमा उहाँको योगदान र वर्तमान समाजमा साहित्यको महत्त्वबारे विचार व्यक्त गरेका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको अन्तरविद्यालय कविता प्रतियोगितामा हेटौँडाका विभिन्न आठ…
Read More
फिचर लेखन प्रतियोगिता प्रोत्साहन रकम वितरण

फिचर लेखन प्रतियोगिता प्रोत्साहन रकम वितरण

हेटौंडा । फिचर लेखन प्रतियोगिता प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय को आर्थिक सहयोगमा कार्यक्रम भएको हो । फिचर लेकन प्रतियोगितामा पत्रकार अञ्जली थापा सर्वोत्कृष्ट भएकि थिइन् । उनलाई नगरप्रमुख मीना कुमारी लामाले ४५ हजार रुपैयाँको चेक सहित प्रमाणपत्र प्रदान गरेकी थिइन् । यसैगरी कार्यक्रमकि प्रमुख अतिथी नगर प्रमुख लामाले उत्कृष्ट नतिजा ल्याउन सफल पत्रकारहरुमा सुनिता बिष्ट , मनिता राना , नवीन राउत , जमुना थिङ , वसन्त भण्डारी , प्रतीक्षा न्यौपाने रुपक कालिराज , सुजन ढकाल , सन्तोष विश्वकर्मा , आरती ढकाललाई प्रमाणपत्र सहित…
Read More
राजनीतिको कालिदास र धुर्त पण्डितहरु

राजनीतिको कालिदास र धुर्त पण्डितहरु

साहित्यमा रुची हुने जो कोहीले संस्कृत भाषाका महाकवि कालिदासको नाम सुनेकै हुनु पर्छ । उनको सुन्दर तथा विद्वतापुर्ण रचनाले जति महत्व र परिचर्चा पाउँछ । जीवनसँग जेलिएका उनका कथाले पनि त्यतिकै चर्चा र महत्व बटुल्छ । यूवा अवस्थाको मुर्खतापुर्ण हर्कत र उनको नियतिमा आएको अचानक परिवर्तनका कथा पढ्दा जो कोहीलाई हाँसो थाम्न मुश्किल पर्छ । कालिदासको प्रारम्भिक जीवन मुर्खतापुर्ण हर्कत गर्दै उज्जैन राज्यको एउटा गाउँमा वितेको थियो । तर त्यही हर्कतले उनका जीवनमा ठुलो चमत्कार ल्याइदिएको थियो । मुर्ख भए पनि उनी एउटा विद्वत राजकुमारीको पति हुन समर्थ भएका थिए । आफूलाई सास्त्रार्थमा टक्कर दिन सक्ने विद्वान मानिससँग मात्रै विहे…
Read More
हेटौँडामा कवि पुरुषोत्तम आचार्यको साङ्गीतिक एकल कविता वाचन

हेटौँडामा कवि पुरुषोत्तम आचार्यको साङ्गीतिक एकल कविता वाचन

हेटौँडा । नेपाली भाषा शिक्षक समिति मकवानपुरको आयोजनामा मकवानपुरका चर्चित कवि पुरुषोत्तम आचार्यको ‘साङ्गीतिक एकल कविता वाचन’ कार्यक्रम सम्पन्न भएको छ। नेपाली भाषा शिक्षक समितिको अक्षयकोष स्थापना तथा सहयोगार्थ हेटौँडामा आयोजित उक्त कार्यक्रममा कवि आचार्यले आफ्ना सशक्त सिर्जनाहरू प्रस्तुत गर्नुभयो। कार्यक्रममा कवि आचार्यले ‘हर्नामाडी’ शीर्षकको कविताबाट वाचनको सुरुआत गर्नुभएको थियो। उहाँले ‘वृद्धावस्था’, ‘पछि’, ‘खतरनाक मान्छेहरू’, ‘मानसिंह विश्वकर्माको घोषणा’, ‘तिम्रो नाममा’, ‘वर्षा’, ‘चरा’, ‘बाँसुरी’, ‘तुफान हुरी चल्दछ’ र ‘आह्वान’ लगायतका कविताहरू वाचन गर्नुभयो। साथै, उहाँले एक गजल पनि गायन गरी दर्शकहरूलाई मन्त्रमुग्ध पार्नुभयो। कवि आचार्यको वाचनमा पूर्णविक्रम अधिकारी, प्रलय चौलागाईं र किशोर श्रेष्ठले वाद्यवादनमार्फत साथ दिनुभएको थियो। कवि आचार्यले कार्यक्रमबाट संकलित…
Read More
हेटौँडामा ‘पारिजात विशेष कार्यक्रम’: साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वबारे चर्चा

हेटौँडामा ‘पारिजात विशेष कार्यक्रम’: साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वबारे चर्चा

हेटौँडा । हेटौँडा–१० स्थित दर्शन पार्टी प्यालेसमा ‘पारिजात विशेष कार्यक्रम’ सम्पन्न भएको छ। आञ्चल साहित्य कलापुञ्ज मकवानपुरद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली साहित्यकी विशिष्ट साधक पारिजातको व्यक्तित्व, योगदान र उहाँका कृतित्वबारे गहन बहस गरिएको छ। कार्यक्रममा पारिजात स्मृति केन्द्रका डा. बिन्दु शर्मा, डा. अमृता रेग्मी तथा समालोचक एवं अनुसन्धानकर्ता डिल्लीराम पोख्रेलले पारिजातको जीवनशैली, उहाँको वैचारिक अडान र नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो। साहित्यकार विश्वनाथ सञ्जेलले सहजीकरण गर्नुभएको उक्त बहसमा वक्ताहरूले पारिजातका रचनाले समाज र विशेषगरी महिलाको चेतनामा पारेको प्रभावबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए। साथै, विद्यालय स्तरीय पारिजात विषयक खुला निबन्ध प्रतियोगितामा…
Read More
बुढ्यौली साहित्य समाजद्वारा अग्रज साहित्यकार फुर्सती सम्मानित

बुढ्यौली साहित्य समाजद्वारा अग्रज साहित्यकार फुर्सती सम्मानित

हेटौंडा / बुढ्यौली साहित्य समाज मकवानपुरद्वारा अग्रज साहित्यकार रामचन्द्र आचार्य ( फुर्सती ) सम्मानित भएका छन् । साहित्य , संस्कृतिका बिविध बिधामा विषेशगरि कुर्णेश र तीन खोले दोभान जस्ता सङ्ग्रहको माध्यमबाट मकवानपुरे साहित्यलाई थप लोकप्रियता प्रदान गरेको भन्दै उनलाइ रु. २५००५ सहित दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मानित गरिएको हो । बुढ्यौली साहित्य समाज मकवानपुर हेटौंडाका अध्यक्ष आर.सी. रिजालको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुढ्यौली साहित्य किन भन्ने विषयमापनी परिसम्वाद भएको थियो । साहित्यकार अनिता न्यौपानेले सहजीकरण गरेको सम्वाद कार्यक्रममा साहित्यकार डाक्टर निमेष निखिल , डाक्टर नवराज रिमाल लगायतले बोलेका थिए । सोही अवसरमा १५…
Read More
झरना साहित्यिक परिवारद्वारा रचना वाचन तथा नृत्य प्रतियोगिता

झरना साहित्यिक परिवारद्वारा रचना वाचन तथा नृत्य प्रतियोगिता

हेटौँडा । झसापको ३२७ औँ कार्यक्रमका सिलसिलामा झरना साहित्यिक परिवारको आयोजना तथा बकैया गाउँपालिका ५ नम्बर वडाको प्रायोजनमा जेठ २९ गते रचना वा चन तथा आधारभूत तह(१-५) स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नृत्य प्रतियोगितामा सहभागी १२ ओटा समूहमध्ये महेन्द्र मावि बकैया-४ की अनुपा स्याङ्तान, किसान जागरुक आवि, बकैया-५ की समृध्दि लो र माटाकोरी मावि बकैया-७ की तेन्जिना भोलन क्रमशः प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा जनार्दन खनाल, ॐ भक्त भण्डारी, सविना घलान, स्नेहा पराजुली, आक्रोश विकलगायतले मुक्तक, कविता, गीत प्रस्तुत गरेका थिए । यसै गरी पालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडाध्यक्ष लक्ष्मी जिम्बा तथा…
Read More
एक ख्रीष्टियन र व्यवसाय

एक ख्रीष्टियन र व्यवसाय

जब कोहि व्यक्तिले सुसमाचार सुनी पश्चताप गर्छ र विश्वास गर्छ ऊ एक ख्रीष्टियन हुँदछ। हामी संसारमा छौं र शरीरमा छौं। हाम्रो आफ्नै जिम्मेवारीहरू छन्। वचनमा लेखिएको छ, "यसकारण भाइहरूहो, आफ्नो बोलावट र चुनाउ पक्का गर्न बढ़ी प्रयत्न गर; किनकि तिमीहरूले यी कुराहरू गयौं भने तिमीहरूले कहिल्यै ठेस खानेछैनौं;" (२ पत्रुस १:१०)। व्यापार गरिरहेको अवस्थामा प्रभुलाई पाएकाहरूले, 'एउटा ख्रीष्टियनले व्यावसाय गर्न हुन्छ कि हुँदैन होला?' भनेर प्रार्थना गर्नेहरू पनि मलाई जहाँसम्म लाग्छ धेरै हुनुहुन्छ होला र मैले पनि गरेकै थिएँ। हामीलाई यस्तो प्रश्न आउनु स्वभाविक पनि हो। हामीलाई लाग्न सक्छ कि मैले प्रभुलाई पाएँ पछि सायद व्यापार गर्न छोडेर प्रभुको काम…
Read More
मनमोहक कल्याणटार

मनमोहक कल्याणटार

हेटौंडा । मनै लोभ्याउने हेटौंडा-१२ कल्याणटार । हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडादेखि १२ नम्बर वडा जोड्ने २१५ मिटर लम्बाइको राप्ती पुल (जसलाई भाइरल पुलको नामले पनि चिन्ने गरिन्छ) कटेपछि आउँछ आल्दमार । त्यहाँबाट भोर्ले, हात्तीगौँडा पनि जान सकिन्छ भने पुलको छेउमै पर्छ गुरौबिर्ता, सानो कल्याणटार, सिक्रेनी । नजिकै मगर टोल भनेर चिनिने ठाउँ छ भने त्यही नजिकै पर्छ कल्याणटार, जहाँ वर्षमा ३ बाली धान फल्ने खेतहरू छन् । करिब १६० घरधुरी रहेको कल्याणटारमा प्रायले अरूको खेत कमाएका छन् । ३ बाली धान वर्षमा भित्रिन्छ, स्थानीय तथा त्रिभुवन मा.वि.का व्यवस्थापन समिति सदस्य समेत रहेका बद्री लम्साल बताउँछन् । खानलाई धान हुन्छ, वरिपरि…
Read More
वक्तृत्वकला प्रतियोगिता: त्रिभुवन माविकी चापागाईं प्रथम

वक्तृत्वकला प्रतियोगिता: त्रिभुवन माविकी चापागाईं प्रथम

हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा-११, मकवानपुरको आयोजना र हेटौंडा-११ वडा कार्यालयको आर्थिक सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालयकी वर्षा चापागाईं प्रथम भएकी छिन्। त्यसैगरी, जेम्स इङ्लिस मिडियम स्कुलकी अंकिता सुवेदी द्वितीय र सोही विद्यालयकी प्रीन्सा ढकाल तृतीय हुन सफल भएकी छिन्। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई क्रमशः ५,०००, ३,५०० र १,५०० रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.