झरना साहित्यिक परिवारद्वारा रचना वाचन तथा नृत्य प्रतियोगिता

हेटौँडा । झसापको ३२७ औँ कार्यक्रमका सिलसिलामा झरना साहित्यिक परिवारको आयोजना तथा बकैया गाउँपालिका ५ नम्बर वडाको प्रायोजनमा जेठ २९ गते रचना वा चन तथा आधारभूत तह(१-५) स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

नृत्य प्रतियोगितामा सहभागी १२ ओटा समूहमध्ये महेन्द्र मावि बकैया-४ की अनुपा स्याङ्तान, किसान जागरुक आवि, बकैया-५ की समृध्दि लो र माटाकोरी मावि बकैया-७ की तेन्जिना भोलन क्रमशः प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रममा जनार्दन खनाल, ॐ भक्त भण्डारी, सविना घलान, स्नेहा पराजुली, आक्रोश विकलगायतले मुक्तक, कविता, गीत प्रस्तुत गरेका थिए ।
यसै गरी पालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडाध्यक्ष लक्ष्मी जिम्बा तथा रमेशमोहन अधिकारीले मन्तव्य व्यक्त गरेका थिए।
नृत्य प्रतियोगिताको निर्णय समीर पाख्रिन तथा देवराज लामिछानेले गरेका थिए ।

हरि घिमिरेले सञ्चालन, कृष्ण घतानेले स्वागत तथा गायत्री रुपाखेतीले सभाध्यक्षता गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य पालिका अध्यक्ष धर्मराज लामिछानेले गरेका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.