जेनजि आन्दोलन पश्चात देशमा परिवर्तन भएपनि के परिवर्तन भयो भन्ने कुरा आउँछ । भएका परिवर्तन पनि उल्टिने त हैन भन्ने शंका उत्पन्न भएको छ।जनतामा केही हुन्छ कि भन्ने आशाहरु थिए तर ति आशाहरु बिस्तारै निराशामा परिणत हुने शंका उत्पन्न भएको छ।
धिक्कार छ यो कु-सस्कार, धिक्कार छ यो पारा, बिरोध गर्नेलाई हतकडी, मन्दिर भित्र देउता पुज्ने, बाहिर मान्छे कुटुने, जातको नाममा कतिन्जेल गरिवको मन दुख्ने भन्ने जस्ता गित गाउँन थाले।सिंहदरवार गेट अगाडि सुतेर नउठेपछि प्रहरीले बोकेर हटाए।साउनदेखि लगाएको करको बिरुद्ध “वोल्न दे सरकार” “गरिवको वोलिदिने कोही छैन” “आहा धन्यवाद सरकार” “अब हावाको पनि कर लगाउ” भन्न थाले।सरकार अन्तराष्ट्रिय कारण बताउँदै ३ महिनाको अन्तरालमा झण्डै एक खरव कर्जा लिएर खर्च गर्दैछ। हिजो यसको घोर बिरोध गर्थे यिनले।सोबिता गौतमले घोक्रो फुटने गरि भाषण गरेको सवै जसोले सुनेका होलान्।
अर्थमन्त्रीले मेरिटोक्रेसी नअपनाउँदा बिरोध नै बिरोध भयो।मेरिटोक्रेसी (Metirocracy) धन, पहुँच वा सामाजिक वर्गको आधारमा नभै व्यक्तिको योग्यता क्षमता र कार्यसम्पादनको आधारमा अवसर, पद र जिम्मेवारी दिने प्रणाली वा अवधारणा बिरुद्ध काम गर्ने भए नयाँ के का लागि भन्ने प्रश्न उत्पन्न गरायो।हिजोकै शैलि देखियो।वाणिज्य बैक संचालक लामो समय खाली राखेर भर्ति गरेको कुरा सुन्नमा आएको छ।
हिजोकाले स्वकिय राखेर वदनामी कमाएका थिए।यहि पारा अहिले गर्न खोजेकोमा घोर बिरोध भैरहेको छ।सरकार सुन्न सक्ने अवस्थामा छैन।स्वकियमा थुप्रै रकम खर्च हुने रहेछ।देशको आर्थिक अवस्था दयनिय छ।
वर्षायाममा माईती घर डुव्यो।यसअघि यस्तो देखिएको थिएन।अहिलेका सरकार प्रमुख महानगर प्रमुख भै काम गरेकै हुन् भनि जनता भन्न थाले। शुरुदेखि नै सरकार चरम दमनमा उत्रियो।यस्तो राज्य कसरी चल्छ भन्ने प्रश्न खडा भयो।सवारी चालक वा ठेलावाला वा चटपटे अनि सुकुम्वासी कसैलाई दमन गर्न बाँकी राखेको देखिएन।बिरोध गर्नेको मुख थुन्न खोजियो।पत्रकार भनिएन।जेनजि समेत निसानामा परेको देखियो।त्यही जेनजिको बलमा सत्तामा पुगेर त्यहि जेनजिको आवाज बन्द गर्ने प्रयास गरिएको छ।जेनजिको मनोभावनामाथि कुठाराघात हुन थाल्यो।
सरकार मध्यम वर्ग र एलिट वर्गको हो भनि अर्थमन्त्रीले भन्दा दंग परेका होलान् गरिव सुकुम्वासीहरु।भोट त तिनले पनि दिएको हो। दुर्गम गाउँको एउटा छोरो राजधानीमा ढल्यो अरे।सपनाको भारी संगै आफुपनि जल्यो अरे भन्ने गित आएको छ।पठाओको भाईलाई दिएको यातना सहन नसकेर आत्मदाह गरि जलिरहँदा आमा आमा भनेको आवाज सुनियो।जिविकामाथि प्रहार भएपछि मानिसले यस्तो गर्न थाल्छ।यस्ता अरु कति घटना हुने हुन् थाहा छैन।मानिस तड्पीन्छ नै।समस्या कहाँ छ भन्ने हेरिनु पर्ने हो।राहत हैन कि पिडा दिएको छ।जुन सरकार आएपनि समस्या नहेर्ने, मृत्युपश्चात सहमती गर्ने चलन मजाले चलेको छ।यसमा पिडित पनि खुशी छ।यस्ता घटनामा आँखा चिम्रो र खकेन्द्र जस्ता अभियन्ता भन्ने जो नेता बने।ति कहाँ हराए।या लुके।हिजो उफ्रिन त सजिलो थियो। अहिले बोल्न गार्हो छ।राज्यले ट्राफिक नियम ल्याउने बाहानामा महानगरका प्रहरीको कारण घटना गम्भीर हुन गयो।
सजायको लागि गिरफतारी हो कि ? सास्तीका लागि हो भन्ने प्रश्न गर्न थाले जनता।सरकार बनेदेखि यस्तै भैरहेको छ।कसैको कुरा नसुन्ने बानी परेको छ।पहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले हल्ला नै नगरि दोषिमाथि कारवाही गरि थुनामा पठाएको देखिएकै थियो।अहिले सरकारले आलोकाँचो पाराले चालेको कदमबाट असफलता नै असफलता बाहेक केही उपलब्धी भएको देखिएन।
देशमा लोकतन्त्र गणतन्त्र नभएपनि चल्छ भन्ने पारामा शासन सत्ता चलिरहेको छ।सुकुम्वासीको उठिवास लगाएर होल्डिङ्ग सेन्टरमा राखियो।होल्डिङ्ग सेन्टरमा कति दिन राख्ने हो र ? अहिले गरिवमारा श्रमिक मारा मुलुक मारा सरकार भन्न थाले।करमाथि कर लगाए।तिनका नारा सुनेर मख्ख भएका थिए जनता।युवा आए।सरकार कस्तो आउने हो भन्ने थियो।वाध्य भएर कर हेरफेर गर्नुपर्यो।
जेनजि नै आन्दोलनमा उत्रिएको देखियो।न्यायालय पुनसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य संवभ छैन भन्ने सरकारी दलका प्रतिनिधिले भनेको सुनियो।यो कुरा माओवादीले उठाउँदा कोही बोलेनन्।सिट कम भएको कारणले होला गर्न खोजेजति गर्न दिएनन्।अपराधीहरुले त्यतिबेला षडयन्त्र गरिरहे। ठिक अहिले त्यही हो।प्रयास गरेको हो तर गर्न दिएनन्।दुई ठुला दल थिए। तिनले कुलिन धनाढ्य एलिट उच्च वर्गको सुरक्षा गर्थे।
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाएर अर्को कताको मुर्ति राख्न लागेको छ रे भन्ने सुनियो।यो गम्भिर राष्ट्रघात हो।यसले सत्ता नै उखेली दिन सक्छ।ठेक्का पट्टामा मतभेद भएर होला क्यारे।राहदानी छाप्ने र राजदुत नियुक्ती बिषयमा गोलमाल भैरहेको रहेछ।मुद्दा लगायो तारेखमा मानिस छुट्छ।केपि र अहिलेको सरकारमा के फरक भन्न थालेका छन्।
म सँगै थिए सुदन दाई।मजिद अन्सारी पनि थिए।जेनजि आन्दोलन भन्दै एउटा नानी बोल्दै थिईन।१०० दिन मनाईयो हैन ? फेसबुकमा लेख्दा याद आएन, हामीलाई आन्दोलनमा उक्साउने, स्टार्टस हेरेर हामी आन्दोलनमा गएको हैन ? अहिले के गर्दै हुनुहुन्छ ? रमेश लेखक र सुदन दाईमा के फरक छ भनेर फेसबुकमा NEWON SINGH नाम गरेकी ति नानि भन्दै थिईन् मजिद अन्सारीमाथि अत्याचार भयो। सरकार प्रमुखका तलबी सल्लाहकार २५ जना रे।छलाङ्ग नै छ नि भन्न थाले मतदाता। मलाई बचाई दिनुस् भन्दै दुर्गा प्रसाई कहाँ रुदै अंगालो मारेर मानिस गुहार मागि रहेका छन्। सहकारीको त कुरै भएन।सरकारले पैसा दिने रे। पछि त्यो पैसा कताबाट ल्याएर सरकारी खातामा फेरि राखि दिने हो थाहा छैन।
सहकारीका आरोप लागेका रवि लामिछानेलाई थुना मुक्त गरि दिने न्यायाधिश बिषेशमा अध्यक्ष बनाईए भनि समाचारमा आएको छ।१८२ सिटे दुई तिहाईको सरकार भन्दा प्रचण्डको ३२ सिटे सरकार सफल भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्न थालेको देखियो। यस्तो पाराले नेपालमा छिट्टै राजनैतिक उथल पुथल हुने शंका मानिस गर्न थाले।मन्त्री-मन्त्री बिच द्वन्द देखियो।अझ आफ्नै मन्त्री पक्राउको समाचार छ।सरकारका निर्णयहरु परिवर्तन गर्नु पर्ने अवस्था भनेको आलोकाँचो अपरिपक्क नै हो।यस्तो अवस्था किन आयो भन्ने छ।सल्लाहकारको मनसुवा के हो ? भन्ने सवालमा ति ब्यक्ति कहाँबाट परिचालिन हुन्न भन्ने हुन्छ।समयले त्यो देखाउने नै छ।त्यतिखेर सम्म देशको अस्तित्व रहने नरहने कुराबाट थाहा हुनेछ।
अहिलेका अर्थमन्त्रीले पहिले सांसद हुँदा प्रदेश सभा एक झड्कामा च्वाट पारि दिने उर्दि दिएको भिडियो देख्न पाईन्छ।वहाँ अहिले कता हुनुहुन्छ कुन्नी ? यस बिचमा मालपानीको कुरा सुनिए।चुनावताका नै यो मालपानीको कुरा सुनिएको हो। कयौं दिन बिति गए।कयौं संझनामा नै रहे।चिहानमा फुल रोप्न सम्म पाएनौ।सास समेत भेटिएन जलजला भन्ने झंकार बुढाका गित देख्न सुन्न पाईन्छ।यसरी लडेर ल्याएको गणतन्त्र थियो यो। वहुला कुकुरले टोकेका नयाँहरुसँग आफु पनि वचौं।समाजलाई पनि बचाऔं भनेर भन्न थाले मानिस। हामी सरकार प्रमुख व्यक्तिको पुलिस होईनौ।हामी नेपाल प्रहरी हौं।अन्याय अत्याचार हुन दिदैनौ।टिका लगाएर मासु भात खाएर आएको होईनौ।सेलेक्ट भएर आएका हौं भन्दा एक प्रहरी कर्मचारीलाई मानसिक यातना दिईएको सुनियो।
हामी संसारलाई नियन्त्रण हैन, मुक्त गर्न चाहान्छौ भन्दै सिजिनपिङले भनेको कुरा के सत्य हो ? सरकारी संरचनामा के दलको रंग दिन मिल्छ या मिल्दैन ? भन्ने अर्को बिवाद सतहमा आयो।यो सत्यानास निम्त्याउने खेल हो।कालोपत्रे सडक निलो गर्न मिल्छ ? यहाँको सडक नियमन गराउन सकिने खालका छन\ र ? सरकारी कर्मचारीलाई सुविधै सुविधा तलब भत्ता बृद्धि।सर्वसाधारण जनतालाई जताततै कर। कर्मचारीलाई गाडि खरिदमा निर्व्याजी रकम सांसदलाई खरिदमा कर छुट यस्तो पारा सरकारले गरि रहेको छ।लुटन सके लुट कान्छा लुटन सके लुट भन्ने गितले अझ सार्थकता पायो। सांसद युवराज दुलालको मन्तव्य निकै भाईरल भयो।हिजो पत्रकार हुँदा नेता खराव आज नेता हुँदा पत्रकार खराव भन्ने संसदमा रोचक मन्तव्य सुनियो।सुधारगृहमा बस्नु पर्नेहरु सिंहदरवारमा बसेका छन् भन्दै दिल निसानी मगरले बोलेको सुनियो !
यो कथा क्रान्तिले लेखिएको छ।मोल तोकिएका टाउकाहरुले लेखिएको छ भन्दै गणतन्त्र कसरी आयो भन्ने संझनाहरु संसदमा बोलेको समेत देखियो सुनियो।श्रीलंका जाँदा भाग्यो भन्ने भनाईहरु पनि देखिए।त्यहाँ प्रचण्डले समाजवादको लक्ष्यमा साझा सहकार्य गरौं भन्ने प्रस्ताव राखेको बरु देखियो।खै भागेको भन्ने त के सत्य होला र। प्रश्नबाट भाग्ने भन्ने आवाज उठिरहेको छ।हाम्रो खजुरा राम्रो खजुरा भनेको के हो थाहा भएन। बिद्वानहरुबाटै गाईको बाछोको मासु खाने कुरा बारे होच्याएर आस्थामाथि प्रहार गरेको पनि देखियो !
मजिद अन्सारीले पिटाई खादा होस\ या गाडि आतंक गर्दा होस् या गणेश नेपालीको ह्विल लक गर्दा होस् वा नेपालले भारतको जमिन मिचेको छ भन्दा होस् या सुकुम्वासी बच्चाको बिचल्ली हुँदा होस्।भारतको पक्षमा प्रमाण जुटाउन मरिहत्ते गर्ने सरकारी सांसद देखि जनता दंग परे। मुखमा आएजति गाली गर्ने नयाँ दलका नेता कार्यकर्ता देखिए।सत्ता र शक्ति सधै कसैको हुन्न भन्न थाले।मागेको ऋणले तेरो पेट भरिन्न ठगेको सहकारीले तेरो लाज छोपिन्न देश र जनतालाई संकटमा पार्ने भन्दै गित निस्किए।बनेको छ जालझेलले त्यो पार्टी तेरो।वगेको छ अत्याचार रगतमा तेरो। गरिवलाई मारी देश अध्यारोमा पारि त वालेन नजान्ने त मोदीको छोरो नेपाल जलाउने नालायक छोरो भन्ने गित कसले बनायो थाहा भएन ? करदर बढाएर किसानलाई मार्ने भन्दै गित आए।पाप लाग्छ भनेर घाटी फुट्ने गरि कराईन् सोबिता।मुर्दावादका नारा लगाउथिन् उनी हिजो।आज कता छिन् ? महान्यायाधिवक्ता बिदेशी नियुक्ति भए भन्ने आरोप थियो।उनिमाथि सर्वोच्चमा रिट दर्ता छ।१२ वर्षदेखि बेलायत आउ जाउका कागजात माग भएको छ।अरु नेपाली थिए नि महान्यायाधिवक्ता हुन।
असार १ गते के भएको थियो सिंहदरवारमा ठेक्का बारे, अख्तियार प्रमुख र अन्य बिच ? गारो छ अवस्था हेर्दा।सेयर बजारमा रकम हालेको डुब्छ भन्थे प्रसाई।१६ माडवारी र १० नेपालीका कुरा आएकै थियो।१०० दिन सरकार चलाउन दिनुस् भन्थे रवि।१३ वटा मन्त्रालय भन्थे।म देखाई दिन्छु भन्थे।१०० जना फ्रि टिकट भन्थे।यस बिचमा सवारी आतंक, सुकुम्वासी आतंक देखियो।उता कर्मचारी करारले बिद्रोह गर्न खोजे।मिलापत्र भयो क्यारे। युरेनियम लैजाने षडयन्त्र के छ कुन्नी ? सरकारका १०० दिन, जिवि राई खै भन्न थालेर मानिस थाके।तर रवि बोल्दैनन्।के भनौ र खै जिवि राई कहाँ छन् सांसद ज्ञानेन्द्र शाहिले थर्काउनु भयो।त्रिहत्तर लाख एकासी हजार सहरकीका सदस्य बिचल्लिमा रहेको अनुमान तिनले लगाए।आफ्नो मान्छे देखियो फाइल बन्द भन्थे रवि पहिले।अहिले आफ्नो मान्छे देखे फाईल बन्द।पारा उहि भएन र ? शान्त ज्वालामुखीले क-कस्लाई खरानी बनाउँछ हेर्दै जाऔँ भन्न थाले पुकार बम।निषकर्ष त भन्न सकिँदैन।जनताले के सोचले मत दिएका थिए ? परिणाम देखिन थालेको छ । जनताले नै जानुन्।


























