हेटौंडा / बुढ्यौली साहित्य समाज मकवानपुरद्वारा अग्रज साहित्यकार रामचन्द्र आचार्य ( फुर्सती ) सम्मानित भएका छन् । साहित्य , संस्कृतिका बिविध बिधामा विषेशगरि कुर्णेश र तीन खोले दोभान जस्ता सङ्ग्रहको माध्यमबाट मकवानपुरे साहित्यलाई थप लोकप्रियता प्रदान गरेको भन्दै उनलाइ रु. २५००५ सहित दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मानित गरिएको हो ।
बुढ्यौली साहित्य समाज मकवानपुर हेटौंडाका अध्यक्ष आर.सी. रिजालको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुढ्यौली साहित्य किन भन्ने विषयमापनी परिसम्वाद भएको थियो । साहित्यकार अनिता न्यौपानेले सहजीकरण गरेको सम्वाद कार्यक्रममा साहित्यकार डाक्टर निमेष निखिल , डाक्टर नवराज रिमाल लगायतले बोलेका थिए ।

सोही अवसरमा १५ जना कवि – कवयित्रीद्वारा रचना वाचन गरिएको थियो । कार्यक्रममा अग्रज राजनिग्य सिताराम बर्तौला , साहित्यकार तथा बुढ्यौली साहित्य समाज मकवानपुरका सचीव सुबास खनाल लगायतको उपस्तिथि रहेको थियो ।






























































