२०८३ असार १, सोमबार १४:५० गते
२०८३ असार १, सोमबार १४:५० गते
हेटौँडा । मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्य एसियन तेक्वान्दो युनियन (Asian Taekwondo Union-ATU) को गेम्स कमिटी सदस्यमा नियुक्त हुनुभएको छ। युनियनले उहाँलाई सन् २०२६ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मका लागि उक्त जिम्मेवारी दिएको हो। काठमाडौँमा शनिबार आयोजित एक रेफ्री सेमिनारका अवसरमा बज्राचार्यले आफू नियुक्त भएको प्रमाणपत्र प्राप्त गर्नुभएको हो। एसियन तेक्वान्दो युनियनका अध्यक्ष सङ जीन किमले हस्ताक्षर गर्नुभएको उक्त प्रमाणपत्र नेपाल तेक्वान्दो संघले उहाँलाई प्रदान गरेको हो। सन् २०२६ भर एसियन तेक्वान्दो युनियनले आयोजना गर्ने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको व्यवस्थापन र संयोजनमा बज्राचार्यसहित नेपालबाट मनोनित भएका चार जना सदस्यहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। बज्राचार्यको खेलकुद यात्रा…