रोज्मा कार्कीले जितिन् ‘डान्स मेरो मनको’ सिजन १ को उपाधि

हेटौँडा । ‘डान्स मेरो मनको’ जुनियर सिजन १ को प्रथम ट्रफी रोज्मा कार्कीले जितेकी छिन् । कमानेस्थित माउन्ट एभरेस्ट स्कुलमा अध्ययनरत १० वर्षीया कार्कीले प्रथम भएबापत ५० हजार रुपैयाँ, ट्रफी र विभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने अफर प्राप्त गरेकी छिन् ।

यसैगरी, प्रतियोगितामा सन्जिता सुनारले द्वितीय स्थान प्राप्त गरेकी छिन् भने उनले ३० हजार रुपैयाँ, ट्रफी र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाप्त गरेकी छिन् । तृतीय स्थान भने विपिका गुरागाइँले हासिल गरेकी छिन्, जसले २० हजार रुपैयाँ, ट्रफी र म्युजिक भिडियोमा अभिनय गर्ने अफर प्राप्त गरेकी छिन् । यसैगरी, युनिसा कार्की र लमिङ दोङले सान्त्वना पुरस्कारस्वरूप ट्रफी र म्युजिक भिडियोमा खेल्ने अफर प्राप्त गरेका छन् ।

डिम्स म्युजिक स्कुलको आयोजनामा गरिएको उक्त डान्स कम्पिटिसनको ग्रान्ड फिनाले ओम्याक्स हलमा सम्पन्न भएको थियो । म्युजिक स्कुलका निर्देशक अनन्त खुलालको सभाध्यक्षतामा भएको फिनालेसमारोहमा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहेकी थिइन् । प्रमुख अतिथि लामाले नै प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विजेताहरूलाई पुरस्कार वितरण गरेकी थिइन् ।

सुभाष गहतराज, सन्ध्या आचार्य र पासाङ लामा रहेको निर्णायक मण्डलले मूल्यांकन गरेको यस प्रतिस्पर्धाको सञ्चालन (होस्ट) सञ्चारकर्मी आरजे रूपक कालिराजले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.