२०८३ श्रावण ११, सोमबार १३:२१ गते
२०८३ श्रावण ११, सोमबार १३:२१ गते
हेटौँडा । ‘डान्स मेरो मनको’ जुनियर सिजन १ को प्रथम ट्रफी रोज्मा कार्कीले जितेकी छिन् । कमानेस्थित माउन्ट एभरेस्ट स्कुलमा अध्ययनरत १० वर्षीया कार्कीले प्रथम भएबापत ५० हजार रुपैयाँ, ट्रफी र विभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने अफर प्राप्त गरेकी छिन् । यसैगरी, प्रतियोगितामा सन्जिता सुनारले द्वितीय स्थान प्राप्त गरेकी छिन् भने उनले ३० हजार रुपैयाँ, ट्रफी र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाप्त गरेकी छिन् । तृतीय स्थान भने विपिका गुरागाइँले हासिल गरेकी छिन्, जसले २० हजार रुपैयाँ, ट्रफी र म्युजिक भिडियोमा अभिनय गर्ने अफर प्राप्त गरेकी छिन् । यसैगरी, युनिसा कार्की र लमिङ दोङले सान्त्वना पुरस्कारस्वरूप ट्रफी र म्युजिक…