बृहत् रक्तदान तथा मधुमेह परीक्षण सम्पन्न

हेटौँडा ।नेपाल रेडक्रस सोसाइटी मकवानपुरले देशमा बाढीपहिरो र मौसमको प्रतिकूलताका कारण बिरामीहरूको संख्या बढेको र रगतको अभाव हुन लागेको जानकारी गराएको परिप्रेक्ष्यमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको १२औँ स्थापना दिवसको अवसर पारेर मकवानपुर फर्निचर व्यवसायी संघ र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ बागमती प्रदेशको संयुक्त आयोजनामा बृहत् रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर र हेटौँडा ल्याब हाउस एण्ड मल्टिस्पेसलिस्ट क्लिनिकको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष हरिकुमार शर्मा र महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण अर्यालले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

प्राविधिक सहयोग हेटौँडा ल्याब हाउस र रेडक्रस मकवानपुर रहेको यस कार्यक्रममा ३५ जनाले रक्तदान गरे भने करिब ६० जनाले मधुमेह परीक्षण गराए। कार्यक्रममा ६० पटकसम्म रक्तदान गर्ने नेपाल अडिटर्स संघका जिल्ला अध्यक्ष राजेन्द्र ढुंगाना र ३० पटकसम्म रक्तदान गरिसकेका फर्निचर व्यवसायी संघका बागमती प्रदेश अध्यक्ष कृष्णप्रसाद अर्याल लगायतले रक्तदान गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.