स्कुटी भेटियो, चालकको अवस्था अझै अज्ञात

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा आएको बाढीले बगाएको स्कुटी फेला परेको छ। सोमबार दिउँसो करिब ३ बजेको समयमा स्कुटीसहित चालकलाई बगाएको थियो। खोजतलासका क्रममा बा.प्रदेश–०२–०३२ प ८०५४ नम्बरको उक्त स्कुटी घटनास्थलबाट करिब १ सय मिटर तल खोलाको दहमा फेला परेको हो।

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी उद्धार कार्य अघि बढाइएको थियो। स्कुटी फेला परे पनि चालकको अवस्था अझै अज्ञात छ। चालकको खोजी कार्य जारी रहेको र सुरक्षाकर्मीको टोलीले सम्भावित क्षेत्रहरूमा निरन्तर खोजी गरिरहेको प्रहरीले जनाएको छ।

बाढीले बगाएर ल्याएको ठूलो परिमाणमा लेदो तथा ढुङ्गाका कारण खोजी कार्यमा कठिनाइ भइरहेको छ। यद्यपि, स्थानीय बासिन्दाको सहयोगमा सुरक्षाकर्मीहरूले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन्। चालकको खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गरी परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.