हेटौँडा उपमहानगरपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नगरप्रमुख श्रीमती मीनाकुमारी लामाको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। २०८३ साल असार २६ गते आयोजित उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ, मकवानपुरसँगको समन्वयमा सञ्चालन गरिएको हो।

कार्यक्रममा उपमहानगरपालिकाद्वारा सम्पादन गरिएका विकास निर्माणका कार्यहरू, सेवा प्रवाहको अवस्था तथा सुशासनसम्बन्धी गतिविधिहरूबारे सहभागी नागरिकहरूलाई जानकारी गराइएको थियो। सो अवसरमा सहभागी नागरिकहरूले राखेका विभिन्न सुझाव, जिज्ञासा र गुनासाहरूको सम्बन्धमा नगरका पदाधिकारी तथा शाखा प्रमुखहरूले प्रत्यक्ष जवाफ दिनुभएको थियो।

हेटौँडा उपमहानगरपालिका नागरिकप्रति पारदर्शी, उत्तरदायी र जवाफदेही स्थानीय सरकार निर्माण गर्न प्रतिबद्ध रहेको सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.