हेटौँडा । लामो समयदेखि आधा सिलिन्डर ग्यासको भरमा चुलो बाल्न बाध्य उपभोक्ताहरू अब पुनः भरि सिलिन्डर ग्यास पाउन थालेपछि हर्षित भएका छन्।
विगत तीन–चार महिनादेखि बजारमा आधा सिलिन्डर ग्यास मात्र उपलब्ध हुँदै आएको थियो। यद्यपि, सरकारको पछिल्लो निर्णयबमोजिम असार ३१ गतेदेखि नै बजारमा पुनः भरि सिलिन्डर ग्यास सहज रूपमा पाइन थालेको छ।
हाल एक भरि सिलिन्डर ग्यासको मूल्य दुई हजार सत्तरी रुपैयाँ तोकिएको छ। ग्यासको आपूर्ति सहज भएसँगै उपभोक्ताहरूले राहत महसुस गरेका छन्। यता, केही स्थानमा भने पसलेहरूले तोकिएको मूल्यभन्दा बढी अर्थात् दुई हजार एक सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो पनि उपभोक्ताबाट आएको छ। तोकिएको भन्दा बढी मूल्य लिने व्यापारीहरूमाथि सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्नुपर्ने माग स्थानीय उपभोक्ताहरूको रहेको छ।
प्रतिकृया दिनुहोस्





























