हेटौँडामा लाइसेन्सका सम्पूर्ण सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित

हेटौँडा । यातायात व्यवस्था कार्यालय, हेटौँडाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै हाललाई सेवा बन्द भएको जानकारी दिएको हो।

लाइसेन्सको मेडिकल सेवा प्रदान गर्दै आएको ‘सुनिल पोलिक्लिनिक’लाई जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले बन्द गराएपछि कार्यालयको सेवा प्रभावित हुन पुगेको छ। मेडिकल परीक्षण सेवा अवरुद्ध भएसँगै नयाँ लाइसेन्स दर्ता (बायोमेट्रिक), लिखित तथा प्रयोगात्मक परीक्षा, अनुमति पत्र वितरण, वर्ग थप र नवीकरणलगायतका सम्पूर्ण प्रक्रियाहरू तत्कालका लागि रोकिएका कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले जानकारी दिनुभयो।

संघीय संसद्मै बागमती प्रदेशका मुख्यमन्त्री र यातायात मन्त्रीमाथि निष्पक्ष अनुसन्धान गर्नुपर्ने आवाज उठेकाले बुधबार जिल्ला प्रशासन कार्यालयले यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा उक्त पोलिक्लिनिकले प्रदेश सरकारको स्वास्थ्य सेवा ऐन, २०७५ अनुसार जनस्वास्थ्य कार्यालयबाट लिनुपर्ने अनिवार्य अनुमति पत्र नै नलिएको भेटिएको छ।

न्यूनतम मापदण्डसमेत पूरा नगरेको सो संस्थालाई बागमती प्रदेशको स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६७ को उपदफा १ (ख) बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्दै दर्ता बिनै सञ्चालनमा रहेको उक्त पोलिक्लिनिक बन्द गर्ने कानुनी प्रक्रिया अघि बढाइएको छ। सेवाग्राहीहरूलाई अब अर्को सरकारी निर्णय वा सूचना नआएसम्म उक्त सेवाहरूका लागि पर्खनुपर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.