Day: २०८३ श्रावण १०, आईतवार २०:१२ गते

एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच पाँच प्रदेशमा सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति

एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच पाँच प्रदेशमा सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा महत्त्वपूर्ण सहमति भएको छ। प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तीव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो। शनिबार भएको सहमतिअनुसार पाँचवटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ। जसअनुसार कोशी, वागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने सहमति भएको छ। यसैगरी, मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको…
Read More
बृहत् रक्तदान तथा मधुमेह परीक्षण सम्पन्न

बृहत् रक्तदान तथा मधुमेह परीक्षण सम्पन्न

हेटौँडा ।नेपाल रेडक्रस सोसाइटी मकवानपुरले देशमा बाढीपहिरो र मौसमको प्रतिकूलताका कारण बिरामीहरूको संख्या बढेको र रगतको अभाव हुन लागेको जानकारी गराएको परिप्रेक्ष्यमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको १२औँ स्थापना दिवसको अवसर पारेर मकवानपुर फर्निचर व्यवसायी संघ र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ बागमती प्रदेशको संयुक्त आयोजनामा बृहत् रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम गरिएको हो। नेपाल रेडक्रस सोसाइटी मकवानपुर र हेटौँडा ल्याब हाउस एण्ड मल्टिस्पेसलिस्ट क्लिनिकको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष हरिकुमार शर्मा र महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण अर्यालले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा मकवानपुर…
Read More
हेटौँडा-११, सिमलटारमा साउनभित्रै लालपुर्जा वितरण हुने सांसद उप्रेतीको दाबी

हेटौँडा-११, सिमलटारमा साउनभित्रै लालपुर्जा वितरण हुने सांसद उप्रेतीको दाबी

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौँडा नगरको आयोजना तथा सिमलटार टोल विकास समितिको समन्वयमा हेटौँडा उपमहानगरपालिका-११, सिमलटारस्थित सिमलटार टोल विकासको भवनमा भेटघाट तथा जनगुनासो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रास्वपा हेटौँडा वडा नम्बर ११ का सभापति सन्जिब बिडारीको सभाध्यक्षता तथा रास्वपा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा रास्वपा हेटौँडा उमनपा कमिटीका उपसभापति सागर लामिछाने, सिमलटार टोल विकास समितिका अध्यक्ष देव कृष्ण थोकर, रास्वपा नगर सचिव बिषभ अधिकारी, क्षेत्र नं २ का सभापति सागर लामिछाने र जिल्ला सदस्य सम्झना पुडासैनि लगायत करिब १५० देखि १६० जना स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.