२०८३ असार ८, सोमबार १९:२९ गते
२०८३ असार ८, सोमबार १९:२९ गते
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित सरस्वती मितेरी चौरमा सञ्चालित ‘वडाध्यक्ष कप’ फुटबल प्रतियोगिताको उपाधि शान्ति चोक टोल विकास संस्थाले जितेको छ। असार ७ गते सम्पन्न फाइनल खेलमा डाङ्डुङ्गे टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै शान्ति चोक टोल विकास संस्थाले प्रतियोगिताको ट्रफी हात पारेको हो। हेटौँडा–११ वडा बाल सञ्जालको आयोजनामा भएको उक्त प्रतियोगितामा वडाभित्रका १२ वटा टोल विकास संस्थाहरूका खेलाडीहरूले सहभागिता जनाएका थिए। नव–प्रतिभाहरूको पहिचान र खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्यका साथ आयोजित प्रतियोगितामा विजेता बन्न सफल शान्ति चोक टोल विकास संस्थालाई २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी, उपविजेता बनेको डाङ्डुङ्गे टोल विकास…