२०८३ असार १०, बुधबार ११:०८ गते
२०८३ असार १०, बुधबार ११:०८ गते
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयलाई अविलम्ब टुङ्गोमा पुर्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जोडदार आग्रह गर्नुभएको छ। नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सडक विस्तारका कारण प्रभावित घरधनी तथा व्यवसायीहरूले भोग्नुपरेको पीडा र अनिश्चितताका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो। नगर प्रमुख लामाले हेटौँडावासी, व्यवसायी र स्थानीय सरकार विकासको पक्षमा रहे पनि सडक विस्तारको विषयमा स्पष्ट निकासको खोजीमा रहेको बताउनुभयो। उहाँले विगत पाँच दशकदेखि २५ मिटर र ३१ मिटर सडक सीमाको अन्योल र त्रासमा नागरिकहरू बाँचिरहेको उल्लेख गर्दै लामो समयसम्म कायम रहेको…