हेटौँडा अस्पतालमा नसा च्यापिने बिरामीको सुईमार्फत सफल उपचार

हेटौँडा । हेटौँडा अस्पतालमा कम्मरको नसा च्यापिने समस्याबाट पीडित बिरामीको सुईमार्फत सफलतापूर्वक उपचार गरिएको छ।

अस्पतालका न्युरोसर्जन डा. विक्रमादित्य प्रसाद साहको नेतृत्वमा एक्सरे (फ्लोरोस्कोपी) को सहायता लिई प्रभावित नसाको वरिपरि दुखाइ कम गर्ने औषधि पुर्‍याएर उक्त उपचार गरिएको हो।

यस आधुनिक विधिबाट बिरामीको दुखाइ कम गर्न तथा शल्यक्रिया गर्नैपर्ने आवश्यकता नपरी उपचारमा सकारात्मक परिणाम प्राप्त भएको अस्पतालले जानकारी दिएको छ। एक्सरेको सहायताले प्रभावित स्थान सही ढङ्गले पहिचान गरी सुईमार्फत औषधि ठीक ठाउँमा पुर्‍याइने हुनाले यो उपचार थप सुरक्षित र प्रभावकारी हुने चिकित्सकहरूको भनाइ छ।

अब हेटौँडा अस्पतालमै यो सेवा उपलब्ध भएपछि कम्मरको नसा च्यापिने समस्याले पीडित बिरामीहरूले अन्यत्र जान नपर्ने र यहीँबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन सक्ने भएका छन्। अस्पतालले आगामी दिनहरूमा पनि यस्तै आधुनिक प्रविधिमा आधारित विशेषज्ञ स्वास्थ्य सेवाहरू थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.