Day: २०८३ श्रावण ९, शनिबार ०६:५२ गते

महाकाली नदीमा हाम फालेकी महिलाको ज्यान बचाएका प्रहरी उत्कृष्ट

महाकाली नदीमा हाम फालेकी महिलाको ज्यान बचाएका प्रहरी उत्कृष्ट

हेटौँडा । महाकाली नदीमा हाम फालेकी एक महिलाको ज्यान बचाउन सफल भएका दार्चुलामा कार्यरत प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरा सुदूरपश्चिम प्रदेशको असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। एक विशेष कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले महरालाई प्रशंसापत्र प्रदान गर्दै सम्मानित गर्नुभएको छ। महराले कर्तव्यनिष्ठ र सराहनीय कार्य गरेबापत यो सम्मान प्राप्त गरेका हुन्।
Read More
हेटौँडा अस्पतालमा नसा च्यापिने बिरामीको सुईमार्फत सफल उपचार

हेटौँडा अस्पतालमा नसा च्यापिने बिरामीको सुईमार्फत सफल उपचार

हेटौँडा । हेटौँडा अस्पतालमा कम्मरको नसा च्यापिने समस्याबाट पीडित बिरामीको सुईमार्फत सफलतापूर्वक उपचार गरिएको छ। अस्पतालका न्युरोसर्जन डा. विक्रमादित्य प्रसाद साहको नेतृत्वमा एक्सरे (फ्लोरोस्कोपी) को सहायता लिई प्रभावित नसाको वरिपरि दुखाइ कम गर्ने औषधि पुर्‍याएर उक्त उपचार गरिएको हो। यस आधुनिक विधिबाट बिरामीको दुखाइ कम गर्न तथा शल्यक्रिया गर्नैपर्ने आवश्यकता नपरी उपचारमा सकारात्मक परिणाम प्राप्त भएको अस्पतालले जानकारी दिएको छ। एक्सरेको सहायताले प्रभावित स्थान सही ढङ्गले पहिचान गरी सुईमार्फत औषधि ठीक ठाउँमा पुर्‍याइने हुनाले यो उपचार थप सुरक्षित र प्रभावकारी हुने चिकित्सकहरूको भनाइ छ। अब हेटौँडा अस्पतालमै यो सेवा उपलब्ध भएपछि कम्मरको नसा च्यापिने समस्याले पीडित बिरामीहरूले अन्यत्र जान नपर्ने…
Read More
डान्स मेरो मनको फाइनल साउन १० गते

डान्स मेरो मनको फाइनल साउन १० गते

हेटौंडा । डान्स मेरो मनको जुनियर २०८३ को फाइनल साउन १० गते हुने भएको छ । हेटौंडा ४ स्थित ड्रीम्स म्युजिक स्कुलको आयोजनामा भैरहेको डान्स फाइनलमा २१ जना प्रतिस्पर्धीहरुले नृत्य प्रदर्शन गर्ने स्कुल सञ्चालक अनन्त खुलालले जानकारी दिए । हेटौंडा ४ स्थित ओम्याक्स हलमा हुने फाइनलमा १० लाख रुपैयाँ सम्म खर्च हुने र प्रथम हुनेलाइ ५० हजार रुपैयाँ र अरु ट्रफीहरु ,र यसैगरी द्वितीय , तृतीयलाइ पनी आकर्षक नगद र ट्रफी प्रदान गरिने जनाइएको छ । स्कुलको भवनमा पत्रकार सम्मेलन गर्दै फाइनलबारे जानकारी गराइएको हो । स्कुल सञ्चालक खुलालको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार रामकुमार एलन , संचारकर्मी जी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.