डान्स मेरो मनको फाइनल साउन १० गते

हेटौंडा । डान्स मेरो मनको जुनियर २०८३ को फाइनल साउन १० गते हुने भएको छ । हेटौंडा ४ स्थित ड्रीम्स म्युजिक स्कुलको आयोजनामा भैरहेको डान्स फाइनलमा २१ जना प्रतिस्पर्धीहरुले नृत्य प्रदर्शन गर्ने स्कुल सञ्चालक अनन्त खुलालले जानकारी दिए ।

हेटौंडा ४ स्थित ओम्याक्स हलमा हुने फाइनलमा १० लाख रुपैयाँ सम्म खर्च हुने र प्रथम हुनेलाइ ५० हजार रुपैयाँ र अरु ट्रफीहरु ,र यसैगरी द्वितीय , तृतीयलाइ पनी आकर्षक नगद र ट्रफी प्रदान गरिने जनाइएको छ ।

स्कुलको भवनमा पत्रकार सम्मेलन गर्दै फाइनलबारे जानकारी गराइएको हो । स्कुल सञ्चालक खुलालको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार रामकुमार एलन , संचारकर्मी जी . न्यौपाने , रुपक कालिराज , डान्स मेरो मनकी जज सन्ध्या आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.