मकवानपुर । मकवानपुरे गायक जनक लामा र गायिका जितु लोप्चनको स्वरमा सजिएको नयाँ तामाङ सेलो गीत ‘माछी खोलीमा’ सार्वजनिक भएको छ। गायक लामाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ।
प्रज्वल दोङको शब्द र चेतन लामाको संगीत रहेको गीत सानोबाबु घिसिङको एरेन्ज र मिक्सिङमा फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो। लोकधुनमा आधारित गीत ‘माछी खोलीमा’ तामाङ समुदायको सांगीतिक र सांस्कृतिक पहिचान झल्काउने खालको रहेको गायक जनक लामाले बताएका छन्।
गीतले सार्वजनिक भएको तीन दिनमै १९ हजारभन्दा बढी भ्यु पाइसकेको छ। गायक लामाले गीतमार्फत नेपाली लोकसंस्कृति सम्वर्द्धनमा योगदान दिन खोजिएको उल्लेख गर्दै छिट्टै अर्को नयाँ गीत पनि बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। गायक लामा मकवानपुरको बकैया गाउँपालिका–७ निवासी हुनुहुन्छ । हेर्नुहोस् भिडियो–































