बागमती प्रदेशका ६ मन्त्रीहरुले राजीनामा दिने

हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले राजिनामा दिने पक्का भएको छ । नेकपा एमालेका ६ जना मन्त्रीले मङ्गलबार राजिनामा दिने पक्का भएको बागमती प्रदेश का स्वास्थ्यमन्त्री किरण थापाले सबै समाचारलाई फोनमार्फत बताए ।

नेकपा एमाले सम्सदिय दलका नेता जगन्नाथ थपलियाले अब मुख्यमन्त्री बन्ने पालो आफ्नो भएको दाबी गर्दै आएका छन् भने मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने थपलियालाइ मुख्यमन्त्री पद नछाड्ने बुझिएको छ । एक श्रोतका अनुसार थपलियाको सम्झौता निवर्तमान मुख्यमन्त्री बहादुरसिङ लामासङ्ग भएकोले आफुले त्यो कुरा मान्न जरुरी नभएको बताउदै आएका छन् । श्रोतका अनुसार , तपाईंलाई दिनुभन्दा बरु म स्वास्थ्यमन्त्री किरण थापालाइ मुख्यमन्त्री पद छोड्न सक्छु भनेका छन् मुख्यमन्त्री बानियाँले ।

नेकपा एमालेको बिधानमा मुख्यमन्त्रीनै हुनुपर्छ भन्ने नरहेको एक मन्त्रीको स्विकारोक्ती छ । यता आफुले मुख्यमन्त्री पद नपाउने र किरण थापालाई दिने भन्ने कुरा हल्लामात्र भएको दलका नेता थपलियाको भनाइ छ । नेकपासगको कुरो नमिल्दा राजिनामा ढिला आएको बताइएको छ । अब नेकपा एमालेले नेकपा र अरु दलसँग मिलेर सरकार बनाउने बुझिएको छ । यता मुख्यमन्त्री बानियाँले भने प्रदेशलाइ आर्थिक भार कम गर्न १४ वटामा ६ वटा मन्त्रालय घटाएर ८ वटामा सिमित गरिएको बताउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.