Day: २०८३ श्रावण ५, मंगलवार २१:३६ गते

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेस मकवानपुरद्वारा जिप्रकामा ज्ञापन पत्र

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेस मकवानपुरद्वारा जिप्रकामा ज्ञापन पत्र

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको एक विवादास्पद अभिव्यक्तिको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ। नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई उक्त ज्ञापन पत्र हस्तान्तरण गरेको हो। ज्ञापन पत्रमा ऐतिहासिक जनआन्दोलन र बलिदानबाट सामन्ती प्रथाको अन्त्य भएको स्मरण गराउँदै सरकार जनविरोधी क्रियाकलापमा सक्रिय हुँदा जनताको विद्रोहले शासकहरूको अन्त्य गर्ने इतिहास रहेको उल्लेख गरिएको छ। विशेषगरी संसदमा सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा प्रधानमन्त्रीले “नेपालले पनि भारतीय भूमि मिचेको छ” भनी दिएको अभिव्यक्तिप्रति कांग्रेस मकवानपुरले तीव्र आक्रोश र आपत्ति जनाएको छ। यस्तो…
Read More
बागमती प्रदेशका ६ मन्त्रीहरुले राजीनामा दिने

बागमती प्रदेशका ६ मन्त्रीहरुले राजीनामा दिने

हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले राजिनामा दिने पक्का भएको छ । नेकपा एमालेका ६ जना मन्त्रीले मङ्गलबार राजिनामा दिने पक्का भएको बागमती प्रदेश का स्वास्थ्यमन्त्री किरण थापाले सबै समाचारलाई फोनमार्फत बताए । नेकपा एमाले सम्सदिय दलका नेता जगन्नाथ थपलियाले अब मुख्यमन्त्री बन्ने पालो आफ्नो भएको दाबी गर्दै आएका छन् भने मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने थपलियालाइ मुख्यमन्त्री पद नछाड्ने बुझिएको छ । एक श्रोतका अनुसार थपलियाको सम्झौता निवर्तमान मुख्यमन्त्री बहादुरसिङ लामासङ्ग भएकोले आफुले त्यो कुरा मान्न जरुरी नभएको बताउदै आएका छन् । श्रोतका अनुसार , तपाईंलाई दिनुभन्दा बरु म स्वास्थ्यमन्त्री किरण थापालाइ मुख्यमन्त्री पद छोड्न सक्छु भनेका छन् मुख्यमन्त्री…
Read More
नगर प्रमुख लामाद्वारा हेटौँडाका निजी अस्पतालको निरीक्षण, गुणस्तरीय सेवामा विशेष जोड

नगर प्रमुख लामाद्वारा हेटौँडाका निजी अस्पतालको निरीक्षण, गुणस्तरीय सेवामा विशेष जोड

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो स्वीकृतिमा सञ्चालनमा रहेका निजी अस्पतालहरूको अनुगमन अभियान सुरु गरेको छ। स्वास्थ्य संस्थाहरूले तोकिएका मापदण्डअनुसार नागरिकलाई सेवा प्रवाह गरिरहेका छन् वा छैनन् भन्ने विषयको यथार्थ मूल्याङ्कन गर्ने उद्देश्यले नगर प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा मंगलबार तीन वटा निजी अस्पतालहरूको स्थगतर निरीक्षण गरिएको छ। अनुगमन टोलीले हेटौँडा–६ स्थित सिद्धस्थली कम्युनिटी अस्पताल, हेटौँडा–२ मा रहेको निको अस्पताल र हेटौँडा–१ स्थित हेटौँडा सिटी अस्पतालको प्रत्यक्ष निरीक्षण गरी सम्बन्धित अस्पताल व्यवस्थापनसँग विभिन्न विषयमा गम्भीर छलफल गरेको छ। यस अनुगमन टोलीले मुख्य रूपमा प्रयोगशाला (ल्याब) सेवाको व्यवस्थित सञ्चालन, समग्र सेवाको गुणस्तर, भौतिक पूर्वाधारको अवस्था तथा स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना भए नभएको विषयलाई प्राथमिकतामा…
Read More
मकवानपुर देशकै १२औँ बढी बजेट पाउने जिल्ला-सांसद उप्रेती

मकवानपुर देशकै १२औँ बढी बजेट पाउने जिल्ला-सांसद उप्रेती

हेटौँडा । आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटअनुसार मकवानपुर देशभरका ७७ वटा जिल्लामध्ये १२औँ बढी बजेट प्राप्त गर्ने जिल्लामा पर्न सफल भएको छ। प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो खुसीको खबर सार्वजनिक गर्नुभएको हो। सांसद उप्रेतीका अनुसार यस पटकको संघीय बजेटमा पूर्वाधार, सडक, पुल, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, ऊर्जा तथा स्थानीय तहका विभिन्न विकास निर्माणका योजनाहरूका लागि अर्बौँ रुपैयाँ बराबरका कार्यक्रमहरू समावेश गरिएका छन्। जिल्लाको मुहार फेर्ने गरी आएका यी योजनाहरूको कार्यान्वयनबाट समग्र मकवानपुरको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। बजेटको घोषणासँगै सांसद उप्रेतीले प्राप्त बजेटको प्रभावकारी र पारदर्शी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य र समन्वय…
Read More
बागमतीमा एमालेले सरकार नछोड्ने

बागमतीमा एमालेले सरकार नछोड्ने

हेटौँडा । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) तत्कालका लागि आफ्नो निर्णयबाट पछि हटेको छ। बदलिँदो राष्ट्रिय राजनीतिक समीकरण र पार्टीको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म सरकार नछाड्ने निष्कर्ष एमाले बागमती प्रदेश संसदीय दलले निकालेको छ। केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने आन्तरिक तयारी गरेको थियो। गत असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकपछि मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारीसमेत भएको थियो। संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसकेका थिए भने सोमबार मन्त्रीहरूको सामूहिक राजीनामा बुझाइने कार्यक्रम तय गरिएको थियो। तर, पछिल्लो राजनीतिक घटनाक्रम र केन्द्रीय तहमा जारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.