२०८२ जेष्ठ २७, मंगलवार २०:५८ गते
२०८२ जेष्ठ २७, मंगलवार २०:५८ गते
हेटौँडा । मकवानपुरमा सड़क दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायहरू एकजुट भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनको समन्वयमा मंगलबार आयोजित सचेतना अभिवृद्धि तथा छलफल कार्यक्रममा सहभागीहरुले दुर्घटना घटाउने उपायहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइटजस्ता ट्राफिकमा अवरोध पुर्याउने उपकरण हटाउने निर्णय लिइएको छ। सहभागीहरुले सम्बन्धित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै दुर्घटनाका कारण घटाउने दिशामा साझा प्रयास गर्न तयार रहेको जनाएका छन्। प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक माधव अधिकारी, अटो तथा…