हेटौंडा बजारमा झोला तान्ने र यात्रुलाई दुःख दिनेहरूमाथि कडा कारवाही गर्न प्रहरी प्रमुखको निर्देशन

हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण पौडेलले हेटौंडाको मुख्य बजार क्षेत्रमा यात्रुहरुलाई दुःख दिने र झोला तान्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि तत्काल कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

सोमबार हेटौंडा–११ थानाभ¥याङस्थित प्रदेश प्रहरी कार्यालयमा सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी गम्भीर र प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बजार क्षेत्रमा सार्वजनिक यातायात, विशेषगरी सुमोमा यात्रा गर्ने यात्रुहरूमाथि हुने अभद्र व्यवहार, झोला तानातानजस्ता क्रियाकलाप रोक्न आवश्यक कडा कदम चालिने स्पष्ट गर्नुभयो।

डीआईजी पौडेलले ट्राफिक दुर्घटनाको न्युनिकरण, भिड नियन्त्रण, भिआइपी सुरक्षा र विपद् व्यवस्थापनलाई प्रहरीको प्राथमिकतामा राखिएको उल्लेख गर्दै जनगुनासोलाई सम्बोधन गर्ने कामलाई पनि केन्द्रमा राखिने प्रतिबद्धता जनाउनुभयो।

शहरी क्षेत्रमा कुनै पनि आपराधिक घटना घटेपछि प्रहरीले १० मिनेटभित्र घटनास्थलमा पुग्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै, प्रहरीले अपराध हुनै नदिने कार्यशैलीलाई आत्मसात् गरिरहेको जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.