हेटौँडामा सड़क दुर्घटना न्यूनीकरणको लागि सरोकारवालाहरुको प्रतिबद्धता

हेटौँडा । मकवानपुरमा सड़क दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायहरू एकजुट भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनको समन्वयमा मंगलबार आयोजित सचेतना अभिवृद्धि तथा छलफल कार्यक्रममा सहभागीहरुले दुर्घटना घटाउने उपायहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइटजस्ता ट्राफिकमा अवरोध पुर्‍याउने उपकरण हटाउने निर्णय लिइएको छ। सहभागीहरुले सम्बन्धित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै दुर्घटनाका कारण घटाउने दिशामा साझा प्रयास गर्न तयार रहेको जनाएका छन्।

प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक माधव अधिकारी, अटो तथा ई-रिक्सा व्यवसायी संघका नवराज घिमिरे, सार्वजनिक यातायात प्रा.लि.की उपाध्यक्ष रञ्जना बर्तौला, समाजसेवी सिद्धिलाल श्रेष्ठ, स्वरोजगार यातायात मजदुर संघका टेकप्रसाद न्यौपाने लगायत रहेका छन्।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले उपत्यकाबाहेक बागमती प्रदेशका १० वटै जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले सवारीसाधनमा अनावश्यक सजावट गर्ने प्रवृत्तिको कडाइका साथ नियन्त्रण गरिने चेतावनी पनि दिनुभयो।

नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकाल, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको समेत उपस्थिति रहेको थियो।

प्राप्त विवरण अनुसार, चालु आर्थिक वर्षको हालसम्म मकवानपुरमा ३६२ सवारी दुर्घटना भएका छन्, जसमा ४५ जनाको ज्यान गएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.