हेटौँडामा सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त कार्यक्रममा सामाजिक सुरक्षा वितरण प्रणाली र व्यक्तिगत घटना दर्ता प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।

कार्यक्रममा सेवा प्रवाहका क्रममा फिल्ड स्तरमा देखिएका व्यावहारिक चुनौतीहरू, विद्यमान कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन र सेवालाई चुस्त बनाउन आवश्यक पर्ने सुधारका उपायहरूबारे सरोकारवालाहरूबीच गहन विचार–विमर्श भएको थियो। उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता र जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ दर्ता जस्ता महत्त्वपूर्ण घटना दर्ता कार्यलाई प्रविधिमैत्री र सहज बनाउन निरन्तर प्रयास गरिरहेको सन्दर्भमा यो कार्यक्रमले नीतिगत र व्यवहारिक पक्षलाई थप स्पष्ट पार्न मद्दत गरेको छ।

सेवाग्राहीले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्दै सामाजिक सुरक्षाको दायरामा रहेका लक्षित वर्गलाई सहज पहुँच सुनिश्चित गर्ने र घटना दर्ता प्रणालीलाई शून्य त्रुटिपूर्ण बनाउने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए। कार्यक्रमले आगामी दिनमा पालिकाको सामाजिक सुरक्षा र दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउन ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.