त्रिभुवन माविको अभिभावक संघ (PTA) अध्यक्षमा रामकृष्ण बस्नेत सर्वसम्मत चयन

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको अभिभावक शिक्षक संघ (PTA) को अध्यक्षमा रामकृष्ण बस्नेत पुनः चयन हुनुभएको छ। विद्यालयमा सम्पन्न अभिभावक भेलाले बस्नेतलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको संयुक्त भेलाले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको सदस्यहरूमा छविलाल वाइबा, देवकी खड्का, खेमकुमारी तिमल्सिना, अम्बिका पाठक, शंकर दाहाल, कल्पना सापकोटा र पुष्पा थापा चयन हुनुभएको छ।

विद्यालयमा आयोजित भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष दाहालले विद्यालयको शैक्षिक गुणस्तर र विकासमा अभिभावकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार दीपक उप्रेती, प्रधानाध्यापक रामकुमार बर्तौला, व्यवस्थापन समितिका सदस्यहरू गोविन्दप्रसाद न्यौपाने, जनक लामिछाने, बद्री लम्साल, जमुना राई, सहायक प्रधानाध्यापकद्वय बैकुण्ठ नेपाल र शर्मिला ढकाल लगायतको उपस्थिति थियो।

अध्यक्षमा तेस्रो पटक निर्वाचित भएसँगै बस्नेतले विद्यालयको शैक्षिक सुधार र भौतिक विकासका लागि आफू अझ सशक्त रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.