हेटौँडाको अर्वान रोडको स्ल्याब ढलान शुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित राप्ती रिभर साइड छेउको हेटौंडा अर्वान रोडको स्ल्याब ढलान शुरु गरिएको छ ।

शुभप्रभात निर्माण सेवाले ४८ लाख ८३ हजार ८ सय ८४.५ रुपैयाँ लागतमा ढलानको जिम्मा लिएको र बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अंतरगत यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौंडाको बजेटमा रोड ढलान हुन लागेको पुर्वाधार निर्देशनालय योजना शाखाकी इन्जिनियर पुजा घिमिरेले जानकारी दिइन् । काम सम्पन्न २८ गतेसम्म गरिसक्ने योजना रहेको ठेकेदार सन्देश लामाले जानकारी दिए ।

६ मिटर चौडाइ , ३ सय मीटर लम्बाईको रोड ढलान हुन लागेको हो । रोड ढलानको उदघाटन हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी अध्यक्ष जुना दाहालको विशेष आतिथ्यतामा भएको थियो ।

स्ल्याब ढलान कार्यक्रममा यातायात पुर्वाधार निर्देशनालयका ल्याबशाखा प्राविधिक जीतकुमार चौलागाईं, योजना शाखाका प्राबिधिक भुवन रावल, टोल विकास संस्था वडा समन्वय समिति ११ नम्बर वडाका अध्यक्ष यज्ञ बहादुर आचार्य, सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर, निवर्तमान अध्यक्ष सुर्यमान लामा, सागरपथ टोल विकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ्ग, सामाजिक ब्यक्तित्व मधुकुमार थापा मगर, सामाजिक अभियन्ता सुन्दरलाल श्रेष्ठ, इन्द्र लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.