हेटौँडा । नेकपा (माओवादी केन्द्र) हेटौँडा उपमहानगरपालिका वडा नं. १४ को तेस्रो वडा सम्मेलन मंगलबार सम्पन्न भएको छ। सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
सम्मेलनबाट सानु कान्छा रुम्बा अध्यक्षमा चयन हुनुभएको छ। उपाध्यक्षमा चन्द्र बहादुर स्याङ्तान र राजकुमार भोलन, सचिवमा बिर बहादुर प्रज्ञा, सह–सचिवमा उर्मिला पौडेल तथा कोषाध्यक्षमा शोभा घले निर्वाचित हुनुभएको छ।
त्यसैगरी माया घलानसहित २९ सदस्यीय नयाँ वडा समिति सर्वसम्मत रूपमा चयन भएको माओवादी केन्द्रका विवेक राईले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्