हेटौंडा । पुर्वमिस नेपाल शृङ्खला खतिवडाले सामाजिक संजालमा भिडियो पोस्ट गर्दै आफुलाइ लागेको नेपो बेबिजको आरोप प्रती खण्डन गरेकी छिन् । ‘मैले स्वदेश , बिदेशमा बिताएको समयको खर्चमा कुनै घुस , कर छली थिएन त्यो मैले २०१८ मा मिस् नेपालको उपाधी जितेर आएको रकम थियो, म विभिन्न कम्पनीहरुमा ब्राण्ड एम्बासडरको रुपमा काम गर्दा कमाएको पैसा थियो’ शृङ्खलाले भिडियोमा स्पष्ट पारेकीछिन् ।
‘राजनीति गर्ने आमाबुबाको कोखबाट जन्मिनु मेरो गल्ती होईन । म मिस नेपालको उपाधी जित्दै गर्दा मेरो बाबा (पुर्व स्वास्थ मन्त्री बिरोध खतिवडा) मन्त्री हुनुहुन्थेन’ उनले भिडियोमा भनेकीछिन् । ‘मैले हार्डवर्ड युनिभर्सिटीमा अध्ययन गरेको केही स्कलरसिप र बाकी रकम ब्राण्ड एम्बास्डर भएर कामगरी कमाएको रकमले हो । त्यो रकम मेरो लागि प्रसस्त थियो र बढी पनि हुन्थ्यो’ उनको स्पष्टोक्ती छ । उनले भनेकी छिन् ‘मेरो केही समयको मौनता मलाई ज्यानको पछि मानिसहरु लागेका थिए , उनिहरुले मेरो घर जालाएर मेरो अतितका यादहरु नष्ट गरेका थिए । आफ्नो हुनेवाला सन्तानलाई म र मेरो बुवाआमा करप्टेड होइनन् भन्न मैले मौनता तोडेकी हु’ सामाजिक संजालमा उनले बताएकी छिन् ।
उनले सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेपछी उनको पक्षमा बोल्नेहरुको पनि लर्को लाग्न थालेको छ । सामाजिक संजाल प्रयोग गर्दै उनका फलोअरहरुले शृङ्खलालाई आरोप लगाएजस्तो उनी नभएको धारणा राख्दै आएका छन् । शृङ्खला कमजोर होईन उनी क्षमतावान र विस्वमा देश चिनाउने क्षमता राख्छिन्’, उनका फलोअरहरुको धारणा छ ।
पुर्व स्वास्थ्य मन्त्री बिरोध खतिवडा एक कुशल राजनितिग्य र वकिल पनि हुन् । खतिवडाकी धर्म पत्नी मुनु सिग्देल बागमती प्रदेशकी पुर्वसभा सदस्य हुन् र ऊनी पनि कुशल राजनिग्य र कुशल नेत्री हुन् । शृङ्खलाका दाजु बिम्ब ( हाल अष्ट्रेलियामा अध्ययनरत छन्) । बद्रीप्रसाद खतिवडा ९० वर्ष पुग्न लागे । उनी एक शिक्षित ब्यक्ति मात्र नभएर कुशल शिक्षक र नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक अध्यक्ष हुन् । उनले प्रजातन्त्र , मानवाधिकार , शिक्षण , वातावरण , दलित छुवाछूतको अन्त्य गर्न अग्रपंक्तिका अभियन्ता हुन् । उनको अभियन्ता नामक पुस्तक प्रकाशित् भएको छ । बद्रीप्रसाद खतिवडा शृङ्खलाका हजुरबुबा हुन् , हजुरआमा महालक्ष्मी खतिवडा हुन् ।
हजुरआमा पनि बिध्यालयमा पढ्नुभएको केही शाक्षर ब्याक्ती हुनुहुन्थ्यो पारिवारिक स्रोतबाट थाहा हुन आएको छ । शृङ्खलाका पारिवारिक पृष्ठभुमिमा एउटा संस्कार छ अपार शैक्षिक योग्यता छ । त्यसैको प्रभावले उनलाई एउटा उचाईमा पुर्याएको छ । त्यसकारण उनी करप्टेड हुन नसक्ने जानकारहरुको धारणा छ । शृङ्खलाले मकवानपुरको कैलाश गाउँ पालिकास्थित ताम्लाङमा ५५ लाख रुपैयाँ जुटाएर डिको स्वास्थ्य चौकी को स्थापना गरेकी छिन् । आर्केटेक्ट इन्जिनियर (स्वयं ) शृङ्खलाको डिजाइनमा स्वास्थ्य चौकीको निर्माण गरिएको हो । चेपाङ जातिको बाहुल्यता रहेको दुर्गममा निर्मित स्वास्थ्य चौकीको नामाकरण पनि चेपाङ भाषामा गरिएको छ । डिको अर्थ चेपाङ भाषामा हाम्रो हुन्छ ।
वान होम फाउन्डेसनको समन्वयमा निर्माण भएको स्वास्थ्यचौकीमा आकस्मिक कक्ष , फार्मेसी , प्रशासनिक क्क्ष लगायत छन्, जहाँबाट आम मानिसहरुले स्वास्थ्य सेवा लिइरहेको स्थानीयहरुको भनाइ छ । उनले मिस वर्ल्ड प्रतियोगितामा पनि १२ औं स्थान हात पारेकी थिइन् । उनले हेटौंडा एकेडेमी , गोल्डेनगेट ईन्टरनेशनल कलेज , ईन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पस , हार्वर्ड युनिभर्सिटी बाट आफ्नो शैक्षिक योग्यता हासिल गरेकी हुन् । उनका चाहनेवालाहरु भन्छन् उनको जिवनमा सहयोगी हातहरु पक्कै थिए तर विस्वमञ्चमा नेपाल चिनाउने काम उनकै लगन , मेहनत , आटले हो , त्यो कुरामा उनी खरो रुपमा उत्रिएकीनै हुन् ।































