डान्स मेरो मनको जुनियर सिजन १ को तयारी पूरा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित प्रणामी भवनमा रहेको ड्रीम्स म्युजिक स्कुल प्रा .लि. ले आयोजना गरेको डान्स मेरो मनको जुनियर सिजन १ कार्यक्रमको तयारी पूरा भएको छ ।

भदौ १५ गतेदेखि सामुदायिक, निजी विद्यालयहरुमा गइ विध्यार्थीहरुको अडिशन लिने तयारीमा जुटेकाे ड्रीम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालले जानकारी दिए । ‘विद्यालयहरुमा अडिशनको लागि पत्राचार गरेका छौँ, यता कार्यक्रमको लागि स्टेज निर्माणको काम सक्किएको छ’- खुलालले बताए ।

सडक बालबालिका आस्रित मामाघर नेपाल, मानव सेवा आस्रम, आमा घर जस्ता संघसंस्थाको अनुमति पाइयो भने सम्भवत ती ठाउँका बालबालिकामा पनि प्रतिभा खोज्ने आफुहरुको लक्ष्य रहेको छ खुलालले बताए ।

अडिशनको लागि मकवानपुरका विकट गाउँसम्म पुगेर नयाँ प्रतिभा खोजी गर्ने लक्ष्य छ खुलाल बताउँछन् । खुलालका अनुसार निर्णायक हरुमा सुभाष गहतराज, सन्ध्या आचार्य, पासाङ लामा रहने छन् भने कार्यक्रमका होस्ट रुपक कालिराज रहनेछन् । कार्यक्रम समापनसम्म १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिको छ ।

प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय छनौट गरि बिजयीहरुलाइ क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैयाँ पुरस्कृत गरिने स्कुलले जनाएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.